कालिकोट चैत २६ गते :कालिकोटमा पनि विभिन्न कार्यक्रमकाे आयाेजना गरि नवौं स्वास्थ्य बीमा दिवस मनाईकाे छ ।साेमबार स्वास्थ्य बिमा दिवस विशेष कार्यक्रमकाे आयाेजना गरि भव्य र सभ्य रुपमा दिवस मनाईकाे स्वास्थ्य बीमा बाेर्ड कालिकोटका प्रमुख सर्पराज राेकाया बताउनु भयाे ।स्वास्थ्य बिमा स्थापना भएको दिन पारेर हरेक वर्ष चैत २५ मा यो दिवस मनाइँदै आईएको समेत उहाँले प्रष्ट पार्नुभएको छ । हरेक वर्ष मनाउदै आएकाे दिवस यो वर्ष पनि“सबै नागारिकको स्वास्थ्य बीमामा सहभागीता,सुरक्षित र स्वस्थ भविष्यको सुनिश्चितता “भन्ने नाराका साथ कालिकोटमा पनि नवौं स्वास्थ्य बीमा दिवस मनाइएको हाे ।
तस्तै कालिकोटमा हालसम्म ५६ हजार भन्दा बढीजना स्वास्थ्य बीमामा आवद्ध भएको तथ्यांक मा उल्लेख गरिएको छ । साथै विमा नविकरण जेष्ठ नागरिक, एचआइभी संक्रमित, अपांगता भएका व्यक्ति, एमडीआर टीबी भएका व्यक्तिहरुको नेपाल सरकारले निशुल्क रुपमा स्वास्थ्य बीमा गर्दै आएको छ। स्वास्थ्य बीमा गरेका नागरिकलाई १ लाख रुपैयाँ बराबरको उपचार निशुल्क गर्ने गरिएको कार्यालय प्रमुख सर्पराज राेकायाले जानकारी दिनुभयो ।

तिलाप्रेस । २५ चैत्र २०८१, मंगलवार ०९:४२