कालिकोट : चैत २० गते
व्यवासायीक हाते होजीयारी बुनाइ सम्बन्धी ४५ दिने सिप विकास तालिम सम्पन्न भएको छ । हामि बनाउँछौं हाम्रो नगर भन्ने मुल नाराका साथ उद्यम विकास शाखा रास्कोट नगरपालिकाको आयोजना,तथा गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तगत (मेड्पा) मार्फत संचालन गरिएको व्यवासायीक हाते होजीयारी सम्बन्धी तालिमबाट २० जना युवतिहरुले सिप सिकेका छन् ।
कार्यक्रममा बोल्दै रास्कोट नगरपालिका उपप्रमुख मनिराज बरालले बेरोजगार युवतीहरूलाई रोजगारीको अवसर सृजना गर्दै आय स्रोतमा वृद्धि हुने हुँदा हामिले हरेक वर्षमा यस्ता सिप विकास तालिमहरु लाई निरन्तरता दिईरहेको समेत उहाँले जानकारी दिनुभएको छ ।

माघ २८ गते देखी चैत्र २० गते सम्म संचालन गरिएको सिप विकास तालिममा सहभागि भई तालिममा सिकेका सिपलाई व्यवहारमा लागु गर्नुका साथै आर्थिक उन्नतिको कामना समेत उद्यम विकास शाखा प्रमुख अनिल कुमार शाहीले व्यक्त गनुभएको छ । व्यवासायीक हाते होजीयारी सम्बन्धी सीप विकास तालिमबाट हुने फाइदाहरूको बारेमा प्रस्ट पार्दै ४५ दिन सम्मको होजियारी सम्बन्धी सीप विकास तालिममा सहभागीहरूले मफलर, स्विटर, हाइनेक स्विटर लगायतका अन्य उनबाट बन्ने लुगा बनाउन सिकेको समेत प्रमुख शाहीले जानकारी दिएका छन्
तिलाप्रेस । १९ चैत्र २०८१, बुधबार १७:५१