सहिद, बेपत्ता र फरक क्षमता भएका व्यक्तिको स्वास्थ्य बिमा गर्नेमा नेपालकै पहिलो बन्यो : रास्कोट नगरपालिका

कालिकोट १९ चैत: सहिद, बेपत्ता र फरक क्षमता भएका नागरिकहरूको स्वास्थ्य बिमा गरि उदाहरणीय कार्य सम्पन्न गरे पश्चात स्वास्थ्य बिमा गर्नेमा रास्कोट नगरपालिका नेपालकै पहिलो बनेको छ । नगरपालिकाले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने निति लिएसँगै पालिकाभित्रका १७७ घरपरिवार तथा करिब ४४३ जनालाई समेट्दै स्वास्थ्य बिमाको पहुँचमा पु¥र्याएको छ । जसले गर्दा समग्र स्वास्थ्य सुरक्षामा क्रान्तिकारी परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।


स्वास्थ्य सेवा सबै नागरिकको पहुँचभित्र ल्याउने लक्ष्यसहित अघि बढाइएको यो योजनाले विशेष गरी सहिद परिवार, बेपत्ता भएका व्यक्तिहरूका परिवार तथा फरक क्षमता भएका व्यक्तिहरूलाई आर्थिक रूपमा सुरक्षित बनाउने महत्वपूर्ण अवसर प्रदान गरेको छ । यस कदमले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुने नागरिकका लागी विमाको पहुँचले गर्दा सरल र सहजमय हुने नगरपालिका स्रोतले जनाएको छ ।
साथै नगरप्रमुख धर्मराज शाहीले (पोषण) ले यस योजनालाई सफल बनाउन स्थानीयको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै आगामी दिनमा यस्ता उदारणीय कार्यलाई निरन्तरता दिने प्रमुख शाहीले बताए । स्थानीय बासिन्दाहरूले नगरपालिकाको यो निर्णयप्रति प्रशंसागर्दै “अब स्वास्थ्य समस्या हुँदा आर्थिक अभावका कारण उपचार नपाउने अवस्था हट्ने र नगरपालिका भित्र रहेका नागरिकलाई स्वास्थ्य बिमामा समेट्ने नगर उपप्रमुख बरालको भनाई रहेको छ ।।

तपाईको प्रतिक्रिया