कालिकोट जिल्लाको शान्नित्रिवेणी गाउँपालिका १ निवासी वर्ष २९ की सविना बुढा गिरी लाई गर्भवती अवस्थामा अत्यधिक रक्तश्राव हुदा उहाँ लाई थप उपचारका लागि हेलिकप्टर मार्फत उद्घार गरेर सुर्खेत पठाइएको छ ।
चैत १९ गते जिल्ला अस्पताल कालिकोट आई उपचार गर्दा पनी स्वास्थ्यमा सुधार नआएपछी सविना बुढा गिरी लाई थप उपचारका लागी प्रादेशिक अस्तपाल सुर्खेत पठाएको जिल्ला अस्पताल कालिकाटका जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिनुभएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि प्रभावकारी बन्दै गएको छ ।।

तिलाप्रेस । १९ चैत्र २०८१, बुधबार १८:२५