दलित समुदायका साझा सवाललाई कार्यन्वयन गर्न प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

कालिकोट : २१ मार्चको अवसरमा कालिकोट जिल्लामा सयुक्त दलित संघर्ष समिति तथा नेपाल उत्पीडित जातीय मुक्ति समाज कालिकोटको तर्फबाट प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । उक्त ज्ञापन पत्रमा कालिकोटका दलित समुदायका साझा सवालहरूलाई कार्यान्वयन गर्ने माग गरिएको छ ।

ज्ञापन पत्रमा दलित समुदायको सामाजिक, आर्थिक र शैक्षिक विकासका लागि आवश्यक कदमहरू चाल्न आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारीले यस ज्ञापन पत्रलाई सकारात्मक रुपमा लिएका छन् र यो पत्र प्रधानमन्त्रीलाई तत्काल पठाउने समेत प्रतिवद्धता जनाएका छन् ।

कालिकोटका दलित समुदायका अगुवाहरूले यो कदमलाई महत्त्वपूर्ण मान्दै आगामी दिनमा दलित अधिकारको सुनिश्चितता र समावेशी समाज निर्माणका लागि सक्रिय रहने देखिन्छ ।

ज्ञापन पत्र

तपाईको प्रतिक्रिया