कालिकोट: माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसईई परीक्षा सुरु भएको हो । सान्नी त्रिवेणी गाउँपालिकामा २ वटा परिक्षा केन्द्र पंचदेवल माध्यामिक विद्यालय र संकर मावि सेरीज्यूलामा एसईई परिक्षा संचालन भएको छ । गाउँपालिकामा रहेका ८ वटा माध्यामिक विद्यालयका लागि २ वटा परिक्षा केन्द्र निर्धारण गरिएको थियो ।
पंचदेवल मावि मेहलमुडी परिक्षा केन्द्रमा सरस्वति मावि बुडगाउँ, डाँफे मावि मुम्रा, संकर मावि सेरीज्यूला र जनज्योति मावि तिकुवाका विद्यार्थि सहभागि भएका छन भने, संकर मावि सेरीज्यूला परिक्षा केन्द्रमा विद्याज्योति मावि लुयाँटा, पंचदेवल मावि मेहलमुडी, कालिका मावि डाँडाखेत र मस्टो सरस्वति मावि बुठिंगेका विद्यार्थि सहभागि भएको शिक्षा अधिकृत मदन शाहीले जानकारी दिनुभयो ।
२ वटै परिक्षा केन्द्रमा २ सय ६८ जना परिक्षार्थि सहभागि भएको शाहीले बताउनु भयो । यस्तै ८ जना अनुपस्थित रहेका छन । संकर मावि सेरीज्यूलामा १ सय ३६ जनामा नियमित तर्फ, १ सय २३ जना र आंशिक तर्फ ७ जनाले सहभागिता जनाएका छन भने ६ जना अनुपस्थित रहेको केन्द्राध्यक्ष सुजन बहादुर विष्टले बताउनु भयो । यस्तै पंचदेवल माध्यामिक विद्यालय मेहलमुडी परिक्षा केन्द्रमा १ सय ४० जनामा नियमित तर्फका १ सय ९ जना र आंशिक तर्फका २९ जना परिक्षार्थिको सहभागिता रहेको छ भने २ जना अनुपस्थित रहेको सहायक केन्द्राध्यक्ष उदयराज शाहीले जानकारी दिनुभयो । पालिकाका २ वटै परिक्षा केन्द्रमा शान्त र मर्यादित रुपमा परिक्षा संचालन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बडुवालले बताउनु भयो ।

परिक्षा प्रणालीलाई सुधार गरेर लैजानका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्षहरु सँग छलफल गरि चिट रहित वातावरणमा परिक्षा संचालन गर्ने निर्णय भएअनुसार नै आज परिक्षा संचालन भएको उहाँले बताउनु भयो । परिक्षा हलमा प्रवेस गर्नु अगाडि नै परिक्षार्थिलाई लाईन लगाएर मोवाईल, गेसपेपर, गाईड जस्ता निषेधित सामाग्री जफत गरिएको उहाँले बताउनु भयो ।
परिक्षा प्रणालीलाई सुधार गरेर दक्ष्य जनशक्ती उत्पादन गर्ने र चिट चोरेर पास हुने प्रबृतिको अन्त्य हुने बडुवालले बताउनु भयो । परीक्षा तालिका अनुसार आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भएको छ । यस वर्षको एसईई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
तिलाप्रेस । ६ चैत्र २०८१, बिहीबार २०:२१