कालिकोट जिल्लाको पचालझरना गाउँपालिकामा नेपाली हाते कागज उत्पादनको सुरुवात गरिएको छ । पचालझरना गाउँपालिका उद्योग विकास शाखाको आर्थिक सहयोग,पचालभरना गाउँपालिका वडा नं.७ को समन्वय तथा पोखरा भ्याली टेक्निकल टेनिङ्ग इन्स्टिच्युट पोखराको प्राविधिक सहयोगमा नेपाली हाते कागजको उत्पादक प्रक्रिया सुरु गरिएको छ ।
जस कार्यक्रमले स्थानीय समुदायलाई कागज उत्पादनमा दक्षता प्राप्त गर्न मद्दत पुर्याउनेछ । नेपाली हाते कागजको उत्पादनले वातावरणीय दृष्टिले पनि योगदान पुर्याउने भएकाले, यसले सामुदायिक स्तरमा दिगो विकासमा मद्दत पुर्याउने विश्वास लिएको उद्योग विकास शाखा प्रमुख नेत्रराज शाहीले बताउनु भयो ।

कागजको उत्पादन प्रक्रिया सुरु भएपछि, स्थानीय व्यवसायिक गतिविधिहरूमा वृद्धि र युवाहरूलाई स्वरोजगारको अवसर पनि उपलब्ध गराउने छ । यस अवसरमा प्रशिक्षक रज बहादुर शाहीले सहजिकरण गरिरहनु भएको छ ।
तिलाप्रेस । ७ चैत्र २०८१, शुक्रबार १७:५९