एसइई परिक्षालाई मर्यादित र व्यबस्थित बनाउन नगर प्रमुख शाहीद्धारा अनुगमना 

कमल कुमाल  कालिकोट : एसइई परिक्षालाई मर्यादित र व्यबस्थित बनाउन रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही (पोषण) सहितको टोलिले  SEE परीक्षा केन्द्रहरुमा अनुगमन गरेका छन्   । पालिकामा संचालित दुई वटा मा. बि , बडिमालिका माध्यमिक विद्यालय, मोतिराम मावि विद्यालयमा पुगेर परीक्षा व्यवस्थापनको अवस्थाबारे जानकारी लिनुका साथै परीक्षालाई जवाफदेही ढङ्गले सञ्चालन गर्न समेत निर्देशन दिनुभएको छ । आज देखि सुरु भएको SEE परीक्षा चैत्र १६ गतेसम्म सञ्चालन हुनेछ ।

SEE परीक्षाका लागि नगरपालिकाका ४ बिद्यालयका ३ सय ४ जना बिद्यार्थी सहभागी रहेका छन् । परीक्षालाई शान्ति मर्यादित र गुणस्तर कायम राख्न अभिभावक, विद्यालय वि व्य स अध्यक्ष, प्रशासन, र सुरक्षाकर्मी लाई उहाँले आग्रह समेत गर्नुभएको छ  । साथै विद्यार्थीहरूलाई निर्धक्करुपमा परीक्षा दिन समेत आग्रह गर्नु भएको छ । उक्त अनुगमनमा नगर प्रमुख ,नगर उप प्रमुख , प्रमुख प्रशासकिय अधिकृत , शिक्षा शाखा प्रमुख , लगाएतले परिक्षाको अनुगमन गरेका हुन् ।

तपाईको प्रतिक्रिया