रास्कोटमा निशुल्क यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी शिविर : ४ सय भन्दा बढीले लिएसेवा 

कालिकोट: जिल्लाको रास्कोट नगरपालिकामा संचालन गरिएको दुई दिने निशुल्क यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी शिविरबाट ४ सय भन्दाबढी सेवाग्राहीहरुले सेवा लिएका छन् । शसक्त वाल परियोजना अन्र्तगत निशुल्क यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी शिविर संचालन गरिएको थियो उक्त शिविर बाट ४ सय १६ जना सेवाग्राहीले सेवालिएको पत्रकार टिकाराज उपाध्यायले जानकारी दिनुभएको छ ।

प्लान ईन्टनेश्नल नेपालको आर्थिक सहयोग हुरेन्डेक–नेपाल कालिकोटको सहजिकरण र रास्कोट नगरपालिकाको समन्वयमा २ दिनसम्म निशुल्क यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी शिविर संचालन गरिएको थियो  । शिविर संचालन भएसँगै ग्रामीण क्षेत्रका गरिव विपन्न निमुखा नागरिकहरुलाई आफ्नै गाउँ घरमा निशुल्क यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी चेकजाँच गर्न पाउँदा निकै खुशी भएको स्थानीयको भनाई रहेको छ । विभिन्न कारणले बाहिर गएर उपचार गर्न नसक्ने ,अशक्त,आर्थिक अवस्था कमजोर भएका विरामीहरुका लागी शिविर लाभदायी भएको अस्पताल स्रोतले जनाएको छ । स्वास्थ्य शिविरमा निरन्तर खटिनुहुने सम्पुर्ण स्वास्थ्यकर्मी विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधीहरु,शिविरमा उपस्थित भई सेवालिनुहुने सम्पूर्ण सेवाग्रहीहरुलाई तुलराज उपाध्यायले धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया