नेकपा माओवादी केन्द्र कालिकोटले आयोजना गरेको समीक्षा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

कालिकोट, नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति, कालिकोटको आयोजनामा जनप्रतिनिधिहरूका लागि समीक्षा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

दुईदिन सम्म संचालन गरिएको उक्त कार्यक्रममा जनप्रतिनिधिहरूले कार्यान्वयन गरेका गतिविधिहरूको समीक्षा, पार्टी र सरकारबीचको सम्बन्धलाई सुदृढ बनाउने,समाजका महत्वपूर्ण क्षेत्रहरू स्वास्थ्य, शिक्षा, रोजगारी तथा सामाजिक सेवाका सवालमा पार्टीले उठाउने विषयकहरू लगाएतका विभिन्न सवालहरुमा छलफल गरिएको नेकपा माओवादी केन्द्र कालिकोटले जनाएको छ ।

उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज काली बहादुर मल्ल प्रमुख आतिथ्यता, तथा पोलिटब्यूरो सदस्य तथा प्रदेश सह–इन्चार्ज महेन्द्र बहादुर शाही, कर्णाली प्रदेश अध्यक्ष विमला केसी, केन्द्रिय सदस्य तथा कालिकोट इन्चार्ज जीवन बहादुर बुढा, केन्द्रिय सदस्य तथा सह–इन्चार्ज गङ्गा खड्का बोगटी, प्रदेश सांसद दुर्ग बहादुर राउत, जिल्ला समन्वय समिति प्रमुख धनजित शाही, जिल्ला संयोजक डम्बर बहादुर शाही विभिन्न स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधी पार्टी पदाधिकारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमले जिल्लाका समग्र चुनौतीहरू पहिचान गर्दै साझा धारणा बनाउने लक्ष्य कार्यक्रमले लिएको र प्रशिक्षण सत्रमा विभिन्न विषयमा छलफल तथा प्रशिक्षण दिएको थियो ।

तपाईको प्रतिक्रिया