कालिकोट: जिल्लाको शान्नित्रिवेणी गाउँपालिकामा संचालन गरिएको शिविरबाट ९ सय भन्दा बढि सेवाग्राहीले सेवा लिएका छन् । नो लिमिट्स नेपाल“ को आयोजना तथा सहयोग र सान्नी त्रिवेणी गाउँपालिकाको समन्वयमा ३ दिने निःशुल्क आँखा शिविरबाट ९ सय भन्दा बढी सेवाग्राहीहरुले सेवा लिएका हुन् ।
ग्रामीण क्षेत्रमा गरिव विपन्न निमुखा नागरिकहरुलाई आफ्नै गाउँ घरमा निशुल्क आँखाको चेकजाँच गर्न पाउन भनेर यो ३ दिने शिविरको आयोजना गरिएको थियो । शहर बजारका आँखा अस्पतालमा गएर आँखाको चेकजाँच गर्ने पैशा थिएन । गाउँमै निशुल्क आँखा शिविर संचालन हुने सुचना सुनेपछि आँखा जाच गराउन आए, शिक्षक रामपुकार महतोले भन्नुभयो । निशुल्क रुपमा गाउँमै आँखाको चेक जाँच गराउन पाउदा निकै खुसी लागेको उहाँले बताउनु भयो । आफ्नै गाउँ घर अगाडि निशुल्क आँखाको चेकजाँन गर्न पाउँदा निकै खुसी लागेको संचारकर्मी तथा सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ६ निवासी प्रेम विश्वकर्माले बताउनु भयो । सामान्य आँखाको चेकजाँच गर्न पनि जिल्ला सदरमुकाम तथा सहर तिर जानु पथ्र्यो । पैशा धेरै खर्च हुन्थ्यो । विश्वकर्माले भन्नुभयो, विना लगानिमा सहजै तरिकाले आफ्नो आँखाको चेक जाँच गर्न पायौँ । एकदमै खुसी लाग्यो । संस्थाले गरेको यो काम यहाँका नागरिकहरुका लागि वरदान हुने विश्वकर्माले बताउनु भयो ।
३ दिन सम्म चलेको निशुल्क आँखा शिविरमा ९ सय ३० जनाले आँखाको चेकजाँच गरेका छन । जसमा ४ सय ५० जनाले चस्मा लिएका छन अन्यले औषधिमा दिइएको आयोजक संस्था नो लिमिट्स नेपालले जनाएको छ । ९ सय ३० जनाको आँखा चेकजाँच गरेकोमा ८६ जनाको आँखाको अप्रेसन गर्नु पर्ने देखिएको र उनिहरुको सम्पर्क नम्बर लिएर विवरण संस्थाले राखेको संस्थाका अध्यक्ष खेमराज शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार अप्रेशन गर्नु पर्ने ८६ जनाको निशुल्क अप्रेसन गर्नका लागि पहल गर्ने समेत बतााउनु भयो ।

विगतमा पनि नो लिमिट्स नेपालले निशुल्क आँखा शिविर संचालन गरेको थियो । शिविरमा आँखाको अप्रेसन गर्नुपर्ने विरामीको विवरण संकलन गरेर पछि अछाममा लगेर आँखाको अप्रेसन गरेको अध्यक्ष खेमराज शाहीले बताउनु भयो । पैशाको अभावमा कोहि कसैले पनि आँखाको दृष्टि नगुमाउन भनेर विदेशी नागरिकहरुको सहयोगमा यो शिविर संचालन गरिएको र शिविरमा सोचभन्दा बढि सेवाग्राहीले सेवा लिएको शाहीले बताउनु भयो ।
तिलाप्रेस । २६ फाल्गुन २०८१, सोमबार २१:१५