रास्कोटमा एक सय १५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बृहत् साँस्कृतिक कार्यक्रम

कालिकोट जिल्लाको रास्कोट नगरपालिकाले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बृहत साँस्कृतीक कार्यक्रमको आयोजना गरि एक सय १५ औं अन्तराष्ट्रिय महिला दिवस मनाएको छ । सबै महिला तथा वालिकाको लागी अधिकार,समानता र सशक्तीकरण भन्ने नाराका साथ रास्कोट नगरपालिका तथा छिमेकी पालिकाले पनी अन्तराष्ट्रिय महिला दिवस भव्य र सभ्य मनाएका छन् ।

प्लान नेपाल,सादा नेपाल,हुरेण्डेक नेपाल लगाएतका विभिन्न साझेदार संघसंस्थाको समन्वय र महिला बालबाविका तथा जेष्ठ नागरिक शाखा रास्कोटको आयोजनामा एक सय १५ औं अन्तराष्ट्रिय महिला दिवस सानदार रुपमा मनाएको पत्रकार टिकाराज उपाध्यायले जानकारी दिनु भएको छ ।

अन्तराष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै नगरपालिका प्रमुख धर्मराज शाही (पोषण)ले लैङ्गिक समानता र महिला सशक्तीकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण एवम् निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समानरूपमा सुनिश्चित हुनुपर्ने उहाँले बताउनु भएको छ ।

परम्पराका नाममा समाजमा रहेका खराब अभ्यास एवम् प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना हुने यस्ता प्रथालाई निर्मूल गर्नुपर्छ भन्ने जस्ता अभ्यासहरु सबै वडाका महिला सञ्जालहरुले नाटक,देउडा,ठाडिभाका लगाएतका प्रर्दशन मार्फत सन्देश दिएका छन् ।
उक्त दिवसमा सम्पूर्ण वडाका महिला सञ्जालहरु, जनप्रतिनिधि, राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु, कर्मचारी, शिक्षक तथा बुद्धिजिवि,युवा क्लबहरु, बाल क्लबहरु, स्वास्थ स्वयमसेविका ,पत्रकार लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया