कालिकोट- नेकपा माओवादी केन्द्र सान्नी त्रिवेणी गाउँ कमिटिको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रले थालेको ६ महिने जनतासँग रुपान्तरण मध्यपहाडि लोकमार्ग अभियानको थालनि गर्नका लागि र यस अभियानलाई सफल पार्नका लागि केन्द्र, प्रदेश, जिल्लाको सकुलर र निर्णय अनुसार सान्नी त्रिवेणी गाउँ कमिटिले बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
गाउँ कमिटि अध्यक्ष हर्क बहादुर ऐडिको अध्यक्षता, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, कर्णाली प्रदेशका सहईन्चार्ज, कर्णालीका प्रथम मुख्यमन्त्रि माननिय महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य जनक नाथ योगी, केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला सहईन्चार्ज गंगा खड्का वोगटि, जिल्ला संयोजक डम्बर बहादुर शाही डिविको विशेष आतिथ्यतामा बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । जनताका आधारभुत आवश्यकता पुरा गर्नका लागि र जनताको जिवन स्तर वदल्नका लागि माओवादी केन्द्र एकजुट भएर अगाडि बढ्नु पर्ने बताउनु भयो । उहाँले ६ महिने जनतासँग रुपान्तरण मध्यपहाडि लोकमार्ग अभियानलाई सफल पार्नका लागि पार्टीको संगठन विस्तार देखि प्रतेक जनताको घर दैलोमा पुगेर उनिहरुका गुनासो सुन्ने र प्रतेक वडा टोलमा राजनितिक बैचारीक भेला प्रशिक्षण गर्न निर्देशन समेत दिनुभयो ।
उहाँले प्रतेक वडा टोलका सेल कमिटि विस्तार गरि पार्टीलाई सुदृढिकरण गरेर लैजानु पर्ने समेत बताउनु भयो । उहाँले यो देशको विकास र समृद्धिका, भ्रष्टचारको अन्त्यका लागि माओवादी केन्द्र वाहेक अन्य पार्टीले गर्न सक्दैन भन्ने कुरा जनताले बु्झीसकेको र यसका लागि पार्टी संगठन थप शशक्त भएर लाग्ने बताउनु भयो । उहाँले आफु कर्णाली प्रदेशको मुख्यमन्त्रि हुँदा कालिकोट जिल्लाको विकास र समृद्धिका लागि गरेका कामहरुले निरन्तरता नपाएको बताउनु भयो । सरकार परिवर्तन भईरहेका कर्णालीको विकास र समृद्धिका लागि थालेका योजनाहरु समेत अलपत्र परेको बताउनु भयो । उहाँले माओवादी केन्द्रको सरकार हुँदा भ्रष्टचारीहरु जेल जाने भएपछि रातारात सरकार ढालेर भ्रष्टचारीहरु जोगिएको बताउनु भयो । माओवादी केन्द्र सरकारमा भएको वेला गरेका कामहरुवाट जनताहरु खुसी भएको र देशव्यापी रुपमा माओवादी केन्द्र पार्टी बलियो बन्दै गएको दावि गर्नुभयो । यस्तै विशेष अतिथि डम्बर शाही, गंगा खड्का, जनक नाथ योगीले यो अभियान अन्तर्गत गर्नु पर्ने कामका विषयमा प्रशिक्षण दिदै, प्रतेक वडा कमिटिले सदस्यता वितरण र नविकरण कार्यलाई तिव्रता दिन निर्देशन दिएका छन ।

यस्तै जनचेतना बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा अखिल क्रान्तीकारीलाई विजयी गराउनका लागि पार्टी, विद्यार्थि संगठनले एक ढिक्का भएर लाग्न र विजयी गराउन निर्देशन दिएका छन । यो ६ महिने अभियानमा जनतासँग भेटाघाट गर्ने, उनिहरुका गुनासो सुन्ने, जनश्रमदान गर्ने लगायतका कार्यक्रमहरु रहेको ति कार्यक्रमहरु सम्पन्न गर्नका लागि सबैले लाग्नु पर्ने बताएका छन । विस्तारीत बैठक तथा प्रशिक्षण कार्यक्रममा पालिकाका ९ वटै वडाका वडा कमिटिले वडामा भए गरेका कामहरुका विषयमा र अहिले सम्मको प्रगति प्रतिवेदन प्रश्तुत गरेका थिए । यस्तै बैठक तथा प्रशिक्षण कार्यक्रमले ६ महिने अभियानलाई सफल पार्नका लागि विभिन्न निर्णय समेत गरेको छ । कार्यक्रममा ४०० भन्दा बढि नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
तिलाप्रेस । २२ फाल्गुन २०८१, बिहीबार २१:४३