कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा संचालन गरिएको नसर्ने रोग तथा भि.आई.ए. सम्बन्धी शिविर बाट ५ सय भन्दा बढी सेवाग्राहीहरुले सेवा लिएका छन् । जिल्लाको नरहरिनाथ गाउँपालिकामा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरमा ५ सय ९३ जना सेवाग्राहीहरूले विभिन्न स्वास्थ्य सेवाहरू प्राप्त गरेका छन्। यो शिविर नसर्ने रोगहरूको उपचार र पाठेघरको मुखको क्यान्सर परिक्षण (भि.आई.ए.) को लागि विशेष रूपमा आयोजित गरिएको थियो ।
स्वास्थ्य सेवा कार्यालय, कालीकोटको आयोजना र नरहरिनाथ गाउँपालिकाको समन्वयमा यो शिविर फागुन २१ र २२ गते दुई दिनसम्म योगी नरहरिनाथ आधारभूत अस्पताल, कुमालगाउँमा सम्पन्न भएको थियो। जनस्वास्थ्य अधिकृत कटक बहादुर महतका अनुसार, शिविर अत्यन्त सफलतापूर्वक सम्पन्न भएको छ । शिविरमा समन्वय र सहयोगका लागि नरहरिनाथ गाउँपालिकाका सम्पूर्ण परिवारलाई र शिविरमा खटिएका स्वास्थ्य सेवा कार्यालय कालीकोटका कर्मचारीहरूलाई महतले धन्यवाद दिएका छन्।

उक्त शिविरबाट दमका बिरामी ५५ जना, उच्च रक्तचाप १४ जना, मधुमेह ५ जना,१५६ जनाको प्रयोगशाला जाँच, दात तथा मुख स्वास्थ्य ७७ जना, फिजियोथेरापी सेवा ५६ जना, विविध स्वास्थ्य परिक्षण तथा उपचार २०६ जना , पाठेघरको मुखको क्यान्सर र स्तन क्यासर परिक्षण २९२ जना, VIA POSITIVE ४ जना,संकास्पद पाठेघरको मुखको क्यान्सर ३ जना ८ जना महिलाको आङ्ग खस्ने समस्या तथा,फुस्टुलाको परिक्षण २९३ , लगाएत विविध स्वास्थ्य परिक्षण तथा उपचार गरिएको स्वास्थ्य सेवा कार्यालय कालिकोट जनाएको छ ।
तिलाप्रेस । २२ फाल्गुन २०८१, बिहीबार २१:३२