कालिकोट: कालिकोटमा लामो समयपछि पानी पर्दा किसानहरु खुसी भएसँगै हिउँदे वाली सप्रिनेमा विश्वस्त भएका छन् भने जनजीवन कष्टकर बनेको छ । लामो समयपछि बिहीबार रातिदेखी वर्षा हुँदा यहाँका किसान खुसी हुनुका साथै जनजीवन भने कष्टकर बन्दै गएको छ ।
आकाशे पानीले गर्दा हिउँदे वालीमा राम्रो उत्पादन हुने हुँदा आफुहरु खुसी भएको स्थानीय नविन कुमालले बताउनु भएको छ । साथै उहाँले भन्नुभयो पानी परेपछि थुप्रै ठाउँमा भइरहेको आगलागी समेत नियन्त्रणमा आउने विश्वास लिएको उहाँको भनाई रहेको छ । बिहान ३ बजेबाट पानी परेसँगै मौसम अन्धकार बनेको छ ।

तिलाप्रेस । १६ फाल्गुन २०८१, शुक्रबार १७:१६