बृहत्तर यौनिकता शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु

कालिकोट जिल्लाको सदरमुकाम मान्ममा दुई दिने बृहत्तर यौनिकता शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । प्लान इन्टनेस्नल नेपालको आर्थिक सहयोग, मानव अधिकार तथा बातावरण बिकास केन्द्र(हुरेन्डेक) नेपाल कालिकोटको आयोजनामा संचालीत सशत्त बालिका परियोजना GSS अन्तर्गत दुई दिने बृहत्तर यौनिकता शिक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु भएको हो ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

मानव अधिकार तथा बातावरण बिकास केन्द्र(हुरेन्डेक) नेपाल कालिकोटका अध्यक्ष गोैरी कुमारी शाहीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा पालिका स्तरीय किशोर किशोरी जिल्लाभर बिभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि ,पत्रकार लगाएतको सहभागीमा यौनिकता शिक्षालाई प्रभावकारी बनाउन बृहत अभिमुखीकरण कार्यक्रम गरिएको थियो  ।

उक्त कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य, किशोरावस्थाका चुनौती, तथा व्यवहार परिवर्तन सम्बन्धी विषयमा प्रशिक्षण दिएको थियो ।

तपाईको प्रतिक्रिया