कालिकोट स्थानिय वाल अधिकार समितिलाई आपतकालिन अवस्थामा वाल संरक्षण सम्वन्धि क्षमता विकास तालिम सम्पन्न भएको छ । प्लानको सहयोग किर्डाक नेपालको आयोजना र सान्नी त्रिवेणी गाउँपालिकाको समन्वयमा क्षमता विकास तालिमको आयोजना गरिएको किर्डाक नेपालका अनुगमन तथा मुल्यांकन अधिकृत प्रेम चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार जोखिममा रहेका बालबालिकाको संरक्षण कसरी गर्ने, सामाजिक तथा भौतिक रुपमा बालबालिकाहरुलार्य के कस्ता विपदहरु आउछन र ति विपदसँग कसरी प्रतिकार्य सकिन्छ भन्ने उद्देस्यका साथ यो क्षमता विकास तालिमको आयोजना गरिएको हो ।
सान्नी त्रिवेणी गाउँपालिकामा गठन भएको स्थानिय वाल अधिकार समितिका पदाधिकारीहरुको क्षमता विकास गर्नका लागि बालबालिकाको हक अधिकारका लागि गर्नु पर्ने कामहरुमा सहजता ल्याउनका लागि यो तालिमको आयोजना गरिएको हो । बाल संरक्षणका प्रमुख सवालहरु, विपदको अवस्थामा बाल संरक्षण, रोकथाम र प्रतिकार्य कसरी गर्न सकिन्छ भन्ने विषयमा समुहगत रुपमा छलफल गरिएको हो । साथै बाल संरक्षण सम्वन्धि कार्य योजना बनाई लागु गर्ने पनि बताइएको छ ।

विभिन्न संघ संस्थाको सहयोग र गाउँपालिकाको सक्रीयतामा पालिकामा वालविवाहको दर ३० प्रतिशतमा झार्न सफल भएको गाउँपालिका उपाध्यक्ष पार्वति शिंह संज्यालले बताउनु भयो । उहाँले वडा नं. ७ लाई वालविवाह मुक्त वडा घोषणा गरिसकेको र अव वडा नं. १, ४ र ८ लाई वालविवाह मुक्त वडा घोषणा गर्ने तयारी भईरहेको बताउनु भयो । उहाँले आफ्नो कार्यकालमा पालिकालाई वाविवाह मुक्त पालिका घोषणा गर्ने समेत प्रतिवद्धता जनाउनु भयो ।
तिलाप्रेस । १३ फाल्गुन २०८१, मंगलवार २०:०४