कालिकोट:नेकपा माओवादी केन्द्र सान्नी त्रिवेणी गाउँपालिका र नेपाल कम्यूनिष्ट पार्टी विप्लव सीले संयूक्त रुपमा ३० औँ जनयूद्ध दिवस मनाएका छन । ३० औँ जनयूद्ध दिवसको अवसरमा मुम्रामा भव्य कार्यक्रमको आयोजना गरि मनाइएको हो । वाजा गाजा र्याली सहित दिवस मनाइएको बताइएको छ । १० वर्ष शशस्त्र जनयूद्धको सुरुवात गरेको दिन आज फागुन १ गतेको सम्झनामा दिवस मनाएका हुन । नेकपा–माओवादीले यस आन्दोलनलाई २०५२ फागुन १ गते नेपाली राजतन्त्रलाई समाप्त र जन गणतन्त्र स्थापना गर्ने उद्देशका साथ यसको सुरुवात गरेको थियो ।
जनयुद्धद्वारा स्थापित कम्युनिष्ट आन्दोलनको विचार, भावना र इतिहासको एकीकृत निरन्तरता स्वरुप नेकपा अगाडी बढेको नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला ईन्चार्ज विवेक सीले बताउनु भयो । आफूहरु अब रुपान्तरणमा लागि परिरहेको बताउनु भयो । जनयुद्धदिवसको शुभकामना दिदैं अहिले सम्मकै उपलब्धिको रक्षा गर्न सबैले पहल गर्नु पर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले शहिद परिवार लगायत सम्पूर्ण नेपालीको हक अधिकारको लागि लड्ने बताउनु भयो ।
१० वर्ष आन्दोलनले नेपालमा संघिय लोकतान्त्रीक गणतन्त्र स्थापना भएको र देशमा थुप्रै परिवर्तन आएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक डम्बर बहादुर शाही डिविले बताउनु भयो । सहिदहरुको रगतले ल्याएको यो संघिय लोकतान्त्रीक गणतन्त्रलाई मास्ने खेल भईरहेको बताउदै यसका विरुद्धका सबैले जुट्नु पर्ने बताउनु भयो । जुन लक्ष्यका साथ जनयूद्ध सुरु गरिएको थियो त्यो लक्ष्यमा पुग्न नसकेको र नेपालमा समाजवाद लागु गर्नका लागि फेरी एक पटक शशक्त रुपमा सवैले उठ्नु पर्ने वेला आएको नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य रणदिप सीले बताउनु भयो । जनयूद्धलाई हिंसाको नाम दिएर देश र जनता प्रति ठूलो घात भएको माओवादी केन्द्र सान्नी त्रिवेणी गाउँ कमिटि ईन्चार्ज तथा प्रदेस कमिटि सचिवालय सदस्य शैलजा बमले बताउनु भयो । यदि देशमा माओवादीले यो लडाई नलडेको भए देशमा परिवर्तन सम्भव नहुने र गणतन्त्र स्थापन गर्न नसकिने बताउनु भयो । नेपालमा गणतन्त्र स्थापना गर्ने माओवादी पार्टी रहेको र यसमा टेकेर अन्य राजनितिक दलले जस लिने गरेको बताउनु भयो ।

यो देशको परिवर्तनका लागि र जनताको हक हितका लागि पुर्व माओवादीहरु एक ठाउँमा आउनु पर्ने वोल्ने बक्ताहरुले बताएका छन । देशको विकास र समृद्धिका लागि माओवादीहरु एक ठाउँमा आएर फेरी जनताको हक हितका लागि काम गर्नु पर्ने बताएका छन । अव देशको विकास र समृद्धिका लागि र जनतको जिवन स्तर वदल्नका लागि र भ्रष्टचारीहरुलाई कार्वाही गर्नका लागि एक जुट भएर लाग्नु पर्ने बताएका छन । कार्यक्रममा सहिद तथा बेपत्ता पारीएका व्यक्तीलाई सम्मान सहित पञ्चेवाजा नाचगान सहित देउडा खेल लगाएर दिवस मनाइएको बताइएको छ ।
तिलाप्रेस । १ फाल्गुन २०८१, बिहीबार १९:२५