कालिकोट जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी जनक शर्मा लाई दिइएको छ। गृह मन्त्रालयको निर्णय अनुसार, शर्मा अब कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत हुने छन्।
यसअघि शर्मा पचालझरना गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए। उनले भक्तपुर जिल्ला अदालतमा खरिदारको रूपमा करिब ४ वर्ष काम गरेका छन्। त्यस्तै, नायव सुब्बा भएर सङ्गीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ६ महिना र नेपाल कानून आयोगमा डेढ वर्षको अनुभव प्राप्त गरेका छन्।
शर्मा खाण्डाचक्र नगरपालिकाका वडा नं ४ का स्थायी निवासी हुन् र अब आफ्नै गृह जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको पदमा कार्यभार सम्हाल्दैछन्।

कार्यभार ग्रहणको अवसरमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टाराई र खाण्डाचक्र नगरपालिकाका नगरप्रमुख कमल वहादुर शाहीले शर्मा लाई स्वागत गरेका थिए। नगरप्रमुख शाहीले भने, “शर्मा एक योग्य अधिकारी हुनुहुन्छ, र उहाँको अनुभव र समर्पणले कालिकोटको प्रशासनिक कामकाजलाई अझ सुदृढ बनाउनेछ।”
तिलाप्रेस । ३० माघ २०८१, बुधबार २०:५३