कालिकोटमा एचपीभी खाेप लगाउनेकाे स‌ख्या ७ हजार भन्दा बढी पुग्याे

कालीकोट– पहिलाे र दाेस्राे चरणमा सुरु गरिएकाे एचपीभी खोप अभियान अन्तर्गत खाेप लगाउनेकाे स‌ख्या ७ हजार भन्दा बढी  पुगेकाे छ । पाठेघरको मुखको क्यान्सर बिरुद्ध  एचपीभी खोप लगाउने कार्य २२ गते बाट सुरु भएको र  हालसम्म ७ हजार २ सय १७ जना किशोरीलाई खाेप लगाएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटक महतले  बताउनु भयाे ।

कक्षा ६ देखि १० सम्मका बिद्यालय जाने छात्रा र १० बर्ष देखि १४ बर्ष उमेर समुहका बिद्यालय नजाने छात्राहरुलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाउने अभियान देश भर सुरु भएकाे छ ।

पहिलो चरण अन्तरर्गत माघ २२ गते देखि २४ गते सम्म रास्कोट नगरपालिका, पलाँता, पचालझरना र सान्नीत्रिणेणी गाउँपालिकामा एचपिभी खोप अभियान संचालन भएकाे थियाे । त्यस्तै दाेस्राे चरण अन्तरगत नरहरीनाथ गाउँपालिका, शुभकालीका गाउँपालिका र खाँडाचक्र नगरपालिकामा खाेप लगाइएकाे छ ।

तेस्रो चरणमा तिलागुफा नगरपालिका र महाबै गाउँपालिकामा फाल्गुण ४ गते देखि ६ गते सम्म खोप संचालन हुने महतकाे भनाइ रहेकाे छ । जिल्लाभर ९ हजार २ सय ३८ किशाेरीलाइ एचपीभी खोप लगाउने लक्ष्य रहेकाे छ ।

तपाईको प्रतिक्रिया