सान्नी त्रिवेणीका ८ सय ४५ जना किशोरीलाई एच. पि. भि. खोप लगाईने

कालिकोट  सान्नी त्रिवेणी गाउँपालिकाका ८ सय ४५ जना किशोरीलाई एच. पि. भि. खोप लगाईने भएको छ । सान्नी त्रिवेणी गाउँपालिकामा पहिलो चरण अन्तर्गत यहि माघ २२ गते देखि २४ गते सम्म एच. पि. भि. खोप दिईने स्वास्थ्य शाखा संयोजक शुदर्सन बमले जानकारी दिनुभयो । एच. पि. भि. खोप अभियान २०८१ स्थानिय तह खोप समन्वय समिति र संचार क्षेत्रमा एक दिने अभिमुखीकरण कार्यक्रममा पालिकाका १७ वटा खोप केन्द्र मार्फत कक्षा ६ देखि १० सम्म अध्ययनरत ८ सय ३३ जना छात्रा र समुदायमा रहेका १० वर्ष देखि १४ वर्ष उमेर समुहका १३ जना किशोरी गरि ८ सय ४५ जना किशोरीलाई खोप दिईने जानकारी गराउनु भयो ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

पाठेघरको क्यान्सरलाई निर्मुल पार्नका लागि नेपाल सरकारले माघ २२ गते देखि फागुन ६ गते सम्म देशव्यापी रुपमा एच. पि. भि. खोप अभियान संचालन गर्र्दै छ । यसै अन्तर्गत सान्नी त्रिवेणी गाउँपालिकामा पनि माघ २२ गते देखि २४ गते सम्म खोप संचालन गरिने र खोप अभियानलाई सफल पार्नका लागि पालिका स्तरीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो । गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीको अध्यक्षतामा संचालन भएको कार्यक्रमममा गाउँपालिका उपाध्यक्ष पार्वति शिंह संज्याल, जिल्ला समन्वय समिति सदस्य अजय बहादुर बम, वडा अध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुखहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा वोल्दै गाउँपालिका उपाध्यक्ष संज्यालले खोप अभियानलाई सफल पार्नका लागि सबैले प्रचार प्रसारमा ध्यान दिनु पर्ने बताउनु भयो ।

उहाँले प्रतेक किशोरी र अभिभावकहरुलाई खोप सम्वन्धि जानकारी गराइ खोप लगाउन अभिप्रेरीत गराउने र यो अभियान सफल पार्नका लागि आफुले भरपुर सहयोग गर्ने बताउनु भयो । मानिस स्वस्थ भएन भने उसको जिवन नै अपुर्ण हुने भएकाले गाउँपालिकाले अव स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले बताउनु भयो । नेपालमा क्यान्सर जटिल किसीमको रोग रहेको र यसको निवारणका लागि थालेको यो खोप अभियानलाई सफल पार्नका लागि र लक्षित वर्गलाई खोपको पहुँचमा पुगाउन विद्यालय सँग समन्वय गरेर अगाडि बढ्ने बताउनु भयो ।

नेपालमा क्यान्सर रोग मध्ये पाठेघरको क्यान्सरलाई दोस्रो कारण मानेको छ । दैनि ४ जनाका दरले पाठेघरको क्यान्सरवाट मृत्यू हुने गरेको सरकारी तथ्यांक रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका अस्पताल नर्सिंङ निरीक्षक मिरा कुमारी शाहीले बताउनु भयो । नेपाल सरकारले २०३० सम्म ९० प्रतिशतलाई एच पि भि खोप दिने लक्ष्य लिएको छ । आगामि वर्षवाट नियमित खोपका रुपमा संचालन गरिने छ ।

तपाईको प्रतिक्रिया