कालिकोट जलवायु परिवर्तनका असरहरूलाई बुझ्न र अनुकूलन उपायहरू विकास गर्न आयोजित Y–Adopt तालिम तथा जलवायु परिवर्तन अनुकूलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । प्लान ईन्टनेश्नल नेपालको आर्थिक सहयोग,किर्डाक नेपाल कालिकोटको सहजिकरणमा ३ दिने Y–Adopt तालिम बिहिवार सम्पन्न भएको हो । किर्डाक नेपाल कालिकोटका जिल्ला संयोजक तुलराम पाण्डेको सभाअध्यक्षता, प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईको प्रमुख आतिथ्यतामा संचालन गरिएको कार्यक्रममा प्रहरी प्रमुख टेक बहादुर रावत,राष्ट्रिय अनुसन्धान आयोगका, कालिकोटका प्रमुख सुन्दरमणी पोखरेल ,स्वास्थ सेवा कार्यालय कालिकोटका प्रमुख भीष्म पोखरेल, नेपाल पत्रकार महासँघ जिल्ला शाखा कालिकोटका कोषाध्याक्ष बिश्वनाथ सिम्खडा,सशक्त बालिका परियोजना किर्डाक नेपाल कालिकोट का जिल्ल संयोजक बलिराज शाही, अनुगमन तथा मुल्याङ्कन अधिकृत प्रेम चौलागाईँ, विभिन्न पालिका बाट उपस्थित सम्पूर्णको सहभागितामा कार्यक्रम सम्पन्न भएको कार्यक्रम अधिकृत रमिता बटालाले जानकारी दिनुभयो ।
जिल्लाको रास्कोट नगरपालिका,शान्नित्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिका बाट सहभागी २४ जना किशोर,किशोरीहरूले जलवायु परिवर्तनका प्रभावहरूबारे ज्ञान प्राप्त गर्नुका साथै स्थानीय अनुकूलन समाधानहरू पहिचान गरी कार्यान्वयन गर्ने सीप सिकेका छन् ।जलवायु विज्ञान, अनुकूलन रणनीति र समुदायमा नेतृत्व विकासका विषयमा करविरे चन्द्रले प्रशिक्षण दिदै,उहाँले भन्नु भयो यूवा भनेको त्यस्तो व्यक्ति हो जो आजको आवश्यकता हो ,त्यसैले जलबायू परिवर्तनलाई कसरी निराकरण गर्न सकिन्छ त यसका लागी हरेक यूवाहरुले गाउँटोल बिद्यालय बाट जलवायू परिवर्तन लाई न्युनिकरण गर्ने यूवाहरुको महत्वपूर्ण भूमिका रहने उहाँले बताउनु भयो । त्यस्तै कार्यक्रममा बोल्दै किर्डाक नेपाल कालिकोट संयोजक तुलराम पाण्डेले सहभागीहरूले समूहगत कार्य, प्रयोगात्मक अभ्यास र कार्ययोजनाहरू तयार पार्दै आफ्नो सिकाइलाई व्यवहारमा उतार्ने समेत अनुरोध गर्नुभएको छ ।

साथै समाजमा घटिरहेका बालबिवाह,जवरजस्ती विवाह,छुवाछूत ,जातिय भेदभाव ,लगाएतका बिकृत्ती विसँकृति लाई अन्त्य गर्नका लागी सहभागीहरुले महत्त्वपूर्ण भुमिका खेल्ने बिश्वास लिएको समेत पाण्डेले बताए । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले भन्नुभयो युवाहरूलाई आफ्नो समुदायमा जलवायु परिवर्तन अनुकूलन गर्न आवश्यक शिक्षा प्रदान गर्नुका साथै उनीहरूलाई आफ्नो समुदायमा जलवायु परिवर्तन अनुकूलन कार्यमा सहभागी हुन समेत प्रोत्साहित गर्नुभयो । साथेै विहेवारी २० वर्ष पारी भन्नेमुल नारालाई आत्मासाथ गर्दै सहभागि किशोरीले प्रमुख जिल्ला अधिकारी भट्टराईलाई बिबाहको हक २० वर्ष कायम गर्न समेत ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।
युथ याडप्ट Y–Adopt पाठ्यक्रम विश्वस्तरीय मान्यता प्राप्त कार्यक्रम हो, जसले युवाहरूलाई जलवायु अनुकूलनका उपायहरूबारे सिकाउँदै उनीहरूको सोच र क्रियाकलापलाई एकीकृत गर्न मद्दत गर्छ। यो तालिम विभिन्न देशहरूमा सञ्चालन हुँदै आएको छ।
तिलाप्रेस । १७ माघ २०८१, बिहीबार १८:२७