सान्नित्रिवेणी गाउँपालिकाको १५औं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न 

कालिकोट जिल्लाको सान्नित्रिवेणी गाउँपालिकाले आफ्नो १५औं गाउँसभा तथा हिउँदे अधिवेशन मंगलबार सम्पन्न गरेको छ । कृषि पर्यटन जलजंगल हाम्रो पहिचान, शिक्षा स्वास्थ्य रोजगारहाम्रो मौलिक सान भन्ने मुल नाराका साथ १५ औँ गाउँसभा सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीको सभाअध्यक्षतामा संचलन भएको गाउँ सभाको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रवक्ता अजय बहादुर बम रहनु भएको थियो ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

सान्नी त्रिवेणी गाउँपालिकाले चालु आर्थिक वर्षको पुष मसान्त सम्म गरेका कामहरु, भएका उपलब्धीहरु र आगामि दिनका लागि कार्ययोजना सहित गाउँ सभा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बडुवालले बताउनु भयो । उहाँका अनुसार गाउँसभामा चालु आर्थिक वर्षको हाल सम्मको आयव्यय विवरण समेत प्रश्तुत गरिएको थियो ।

चालु आर्थिक वर्षका लागि विनियोजीत वजेट ३१ करोड ६१ लाख ६२ हजार ९ सय ३७ रुपैयाँ रहेकोमा पुष मसान्तसम्म १२ करोड ३४ लाख अर्थात ३१.१४ प्रतिशत रकम खर्च भएको छ । जसमा चालु तर्फ ११ करोड ९ लाख ७२ हजार ८ सय ३९ रुपैयाँ र पुँजीगत तर्फ १ करोड २४ लाख २९ हजार रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत बडुवालले बताउनु भयो ।

यस्तै १५ औँ गाउँसभाले चालु आर्थिक वर्षमा कार्यपालिका वैठकवाट भएका विभिन्न निर्णयहरु समेत गाउँसभाले पारीत गरेको गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले बताउनु भयो । उहाँले पालिकाको समृद्धि र विकासका लागि विभिन्न ऐन नियम तथा कार्यविधि समेत पास गरेको बताउनु भयो ।

१५ औँ गाउँ सभाले सुरक्षित खानेपानीयूक्त समुदाय कार्यविधि २०८१, सान्नी त्रिवेणी गाउँपालिका खानेपानी मुहान दर्ता तथा नविकरण कार्यविधि २०८१, खानेपानी गुणस्तर अनुगमन कार्यविधि २०८२ र सान्नी त्रिवेणी गाउँपालिकाको खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन सुचना प्रणाली मार्गदर्शन समेत पास गरेको अध्यक्ष केसीले बताउनु भयो । यस्तै सान्नी त्रिवेणी गाउँपालिकाको १० वर्षीय गाउँ शिक्षा योजना समेत गाउँ सभावाट पास भएको छ ।

१५ औँ गाउँसभाले पास गरेका विभिन्न ऐन नियम कार्यविधि र तथा मार्गदर्शनले सान्नी त्रिवेणी गाउँपालिकाको विकास समृद्धिका लागि आगामि दिनमा काम गर्न कुनै जटिलता नहुने बताउनु भयो । कुनै पनि काम गर्न ऐन नियम आवश्यक पर्ने भएकोले पालिकाले त्यहि अनुरुप केन्द्र र प्रदेस सरकारसँग नबाझीने गरि ऐन नियम तथा कार्यविधि बनाएको गाउँपालिका उपाध्यक्ष पार्वति शिंह संज्यालले बताउनु भयो ।

तपाईको प्रतिक्रिया