वडा अध्यक्ष चौलागाँई द्धारा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपो उद्धाटन

कालीकोट , जिल्लाको शुभकालिका गाउँपालिका वडा नं ४ राराकाटीयामा नेपाल खाद्य संस्थान लिमिटेडले खाद्य डिपो स्थापना गरेकोे छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कालीकोटले जिल्लाको शुभकालिका गाउँपालिका राराकाटीया लाई केन्द्र विन्दु बनाएर डिपो स्थापना गरेको हो । श्री केदार नाथ ढुवानी सेवा मार्फत ५०० कुन्टल चामल शुभकालिका गाउँपालिकाका लागी ढुवानी गरीने जनाईएकोे छ ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

अहिले तत्कालका लागी ४०० कुन्टल राराकाटीयामा चामल आईसेको र ४०० कुन्टल बाट २०० कुन्टल चामल शुभकालिका गाउँपालिका वडा नं २ को पहलमा छेलाहान्ना बजारमा लगीएको वितरण ब्यावस्थापक रमेश चौलागाँईले बताए । चौलागाँईले भन्नु भयो राराकाटीया शुभकालिकाको मुख्य डिपो केन्द्र रहने छ , याहाँ बाट आवश्यकता अनुसार स्थानिय नागरीको गुनासो आएमा चामल सबै वडामा वितरण गर्न सकिने जान्कारी दिए ।

शुभकालिका गाउँपालिका वडा नं ४ राराकाटीयामा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कालीकोटको डिपो स्थापना हुुदाँ याहाँका स्थानिय नागरिक भने हर्षित भएका छन् । शुभकालिका गाउँपालिका वडा नं ४ का स्थानिय दत्त प्रसाद चौलागाँईले खुसी हुदै भने आफ्नो गाउँमा पहिलो पटक चामलकोे डिपो स्थापना हुदा टाढा गएर चामल ल्याउने बाध्यता हटेको बताए । हामी पहिँले मान्म,जिते,सेरीघाट लगाएतका स्थानिय बजारमा गएर चामल ल्याउन जान्थ्यौ पिठिउमा नाम्लो लगाएर ल्यायको चामल घर परिवारमा केहीदिन खानपुग्थ्यो अहिले ति दुखका दिन गएको र सुखका दिन फर्कीएको सुनाउदै अहिले गाउँमै डिपो स्थापना भएपछि सजिलो हुने बताए ।

सोही वडाका ७४ वर्षका स्थानिय लालु सुनारले २०६१ साल तिर आफू राजापुर सुर्खेत, दैलेख लगाएतका स्थानिय बजारमा गएर नुन ,चामल ,तेल ल्यायको दुख सुनाउनु भयो । अहिले गाउँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा स्थापना हुदा निकै खुसी भएको सुनाए । यस्तै स्वास्थ्य चौकी राराकाटीका प्रमुख खगेन्द्र चौलागाँईले खाद्यको चामलमा गुणस्तर हुनेभएकाले खाद्यको चामल घरमा लगी खान समेत अनरोध गर्नु भएको छ । बजारको चामलमा मा गुणस्तर नहुने र डेट नहुने भएकाले खाद्यन्न संस्थाको चामल खान स्वास्थ्यका लागी राम्रो हुने सुझाव दिनु भएको छ । आज एक कार्यक्रमका बिच वडा अध्यक्ष प्रदिप प्रसाद चौलागाँईको सभाअध्यक्षता र समाज सेवी स्थानिय जनक बहादुर शाहीको प्रमुख आतिथ्यता, स्वास्थ्य चौकी राराकाटीका प्रमुख खगेन्द्र चौलागाँइ , नेपाल कम्युनिष्ट पार्टी एमालेका हिरे सुनार , स्थानिय नागरीको सहभागीतामा चामलको डिपो उद्धाटन गरीएको थियो ।

कार्यक्रमा बोल्दै वडा अध्यक्ष चौलागाँईले भन्नु भयो । अब विदाको दिन बाहेक विहान १० बजे देखि बेलुका ४ बजे सम्म सेवा सुविधा लिन सकिने र मसिनो चामल प्रति बोरा १६०० सय २५ रुपैया पर्ने जान्कारीदिनु भयो । स्थानिय सरकार लगाएतका सरोकार वालाहरुको सहयोगमा डिपो स्थापना गरेको चौलागाँईको भनाई छ । अब शुभकालिका गाउँपालिका वडा नं ४ ५ ६ लगाएतका स्थानिय नागरीक लाई मान्म सेरिघाट तेस्रो बजार लगाएतका स्थानिय बजार धाउने बाध्यताको अन्त्य भएको छ । उक्त डिपोमा आवश्यकता अनुसार नुन ,तेल चामल बितरण गरीने छ ।

तपाईको प्रतिक्रिया