कालिकोटमा नौं हजार बढी किशोरीलाई पाठेघर विरुद्धको खोप लगाइने 

कमल कुमाल कालिकोट- कालिकोटमा नौं हजार बढी किशोरीलाई पाठेघर विरुद्धको खोप लगाइने भएको छ । जिल्लाका नौं वटा स्थानीय तहमा रहेका करिव ९ हजार २ सय ३८ जना किशोरीलाई हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’(एचपिभि) खोप दिइने भएको छ ।

विद्यालयमा अध्ययनरत कक्षा ६ देखी १० सम्मका सम्पूर्ण छात्राहरुलाई विद्यालयमै खोप दिईने छ भने विद्यालय बाहिर रहेका १० देखी १४ वर्ष उमेर समूहका बिशोरीलाई स्वास्थ्य संस्थामा रहेका खोप केन्द्रमा खोप लगाईने स्वास्थ्य सेवा कार्यालय कालिकोटले जानकारी दिएको छ ।

स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतले जिल्लाका नौं वटा स्थानीय तहलाई तिन भागमा विभाजन गरी माघको २२ गतेदेखि २४ गतेसम्म पहिलो चरण पलाँता गाउँपालिका,पचालझरना गाउँपालिका,रास्कोट नगरपालिका र शान्नित्रिवेणी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने छ भने दोस्रो चरण माघको २७ गते देखी २९ गते सम्म नरहरिनाथ गाउँपालिका ,खाडाँचक्र नगरपालिका, शुभकालिका गाउँपालिका र तेस्रो चरण खोप फाल्गुण ४ गते ६ गते सम्म तिलागुफा नगरपालिका,महावै गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने महतले बताउनुभयो ।

तपाईको प्रतिक्रिया