कमल कुमाल कालिकोट, सान्नी त्रिवेणी गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको छ । साक्षर गाउँपालिका घोषणा गर्नका लागि सम्पुर्ण सुचकहरु पुरा भएपछि आईतवार एक कार्यक्रमका विच साक्षर गाउँपालिका घोषणा गरिएको शिक्षा शाखा प्रमुख मोहनविर धामीले बताउनु भयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बडुवालको अध्यक्षता, गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीको प्रमुख आतिथ्यता, उपाध्यक्ष पार्वती शिंह संज्याल जिल्ला समन्वय समितिका प्रवक्ता अजय बहादुर बम, सामाजिक विकास कार्यालय कालिकोटका प्रतिनिधि रमेश लोहार, लगायतको आतिथ्यतामा साक्षर पालिका घोषणा गरिएको हो ।
गाउँपालिकाले साक्षर पालिका घोषण गर्नुपर्ने मापदण्ड तथा सूचकहरु पूरा गरेसँगै एक कार्यक्रमका विच गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बडुवालले बताउनु भयो । साक्षर पालिका घोषणा गर्नका लागि सरकार शैक्षिक सरोकारवालाको मात्र भुमिका नभई आम सान्नी त्रिवेणी गाउँपालिकावासीको र विभिन्न संघ संस्थाको समन्वय र सहकार्यले सफल भएको बताउनु भयो ।
गाउँपालिका उपाध्यक्ष पार्वति शिंह संज्यालले साक्षर पालिका घोषणा गर्नका लागि विभिन्न क्षेत्रवाट सहयोग गर्ने सहयोगी निकाय र सम्पूर्ण गाउँपालिका बासिन्दा, शिक्षक, र सामाजिक अभियन्तालाई धन्यवाद प्रकट गरिन्। उहाँले पालिकालाई आगामि दिनमा बालविवाह मुक्त पालिका, छुवाछुत मुक्त पालिका, र छाउपडि मुक्त पालिका निर्माण गर्ने समेत बताउनु भयो ।
पालिकाको समग्र विकास शिक्षामा जोडिएको र शिक्षामा पहिलो सफल्ता प्राप्त गर्न सफल भएको गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले बताउनु भयो । उहाँले अहिले पालिकाका ९५ प्रतिशत नागरिक साक्षर हुँदा साक्षर पालिका घोषणा गरिएको बताउँदै उहाँले आगामि दिनमा पालिकालाई पुर्ण साक्षर पालिका घोषणा गर्ने तयारीमा सबै लाग्नु पर्ने बताउनु भयो । सान्नी त्रिवेणी गाउँपालिकाको विकास र समृद्धिका शिक्षामा सुधार गरेर अगाडि बढ्ने बताउनु भयो ।

प्लान इन्टनेशनल नेपालकाे आर्थिक सहयोग , किर्डाक नेपालको साझेदारी मा संचालित सशत्त बालिका परियोजना, सादा नेपाल, र हुरुन्डेक नेपाल लगायतका विभिन्न साझेदार संघसंस्थाको सहयोग र सान्नी त्रिवेणी गाउँपालिकाको आयोजनामा गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको हो ।
सान्नी त्रिवेणी गाउँपालिकाको कुल जनसंख्या १३ हजार ४ सय ९१ रहेकोमा ९५ दशमलव १० प्रतिशत नागरिक साक्षर भएका छन । जसमा वडा नं. १ मा ९५.९९ प्रतिशत वडा नं. २ मा ९५.१५ प्रतिशत वडा नं. ३ मा ९५.५५ प्रतिशत वडा नं. ४ मा ९५.३१ प्रतिशत वडा नं. ५ मा ९५.७४ प्रतिशत वडा नं. ६ मा९५.३३ प्रतिशत वडा नं. ७ मा ९५.२१ प्रतिशत वडा नं. ८ मा ९५.६६ प्रतिशत र वडा नं. ९ मा ९५.६५ प्रतिशत नागरिक साक्षर रहेको गाउँपालिकाले जनाएको छ ।




तिलाप्रेस । १३ माघ २०८१, आईतवार १७:१२