कालीकोट जिल्लको शुभकालिका गाउँपालिकामा स्थानीय सरकार र सरोकारवाला निकायहरु सँग समन्वय बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम सम्मपन्न भएको छ । ‘ भविष्यलाई सुनौं बालअधिकारका लागी उठौं, ‘बालबालिकामा लगानी, सुनौलो भविष्यको थालनी , भन्ने मुल नाराकासाथ स्थानीय सरकार र सरोकारवाला निकायहरु सँग समन्वय बैठक तथा परियाेजना परिचयात्मक कार्यक्रम गरीएको हो ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग , भिडिसेफ नेपाल कालीकोटको सहजिकरण र शुभकालिका गाउँपालिका कालीकोटको समन्वयमा कार्यक्रम गरीएको थियो । अग्रेजि वर्ष २०२५ जनवरी लागेदेखी आर्थिक वर्षमा शुभकालिका गाउँपालिकामा सेभ द चिल्ड्रेन, भिडिसेफ नेपाल कालीकोटले कसरी सहजिकरण भूमीका खेल्ने र बजेट कसरी छुट्याउने भन्ने विभित विषयमा स्थानिय सरकार , नागरीक समाज , पत्रकार ,कर्मचारी लगाएतका स्थानिय सरोकारवाला हरुसंग छलफल गरीएको हो ।
भिडिसेफ नेपाल कालीकोटले शुभकालिका गाउँपालिका भरी सहयात्रा तेस्रो परियोजना अन्तरगत , सेभ द चिल्ड्रेन संगको साझोदारीमा शिक्षा, स्वास्थ्य , वातावरण ,बालबालिको क्षेत्रमा कामगदै आईरहेको छ । कार्यक्रममा शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यको सभाअध्यक्षता , वडा अध्यक्ष मिम बहादुर शाही , प्रदिप प्रसाद चौलागाँईको विशेष आतिथ्यता , शुभकालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केन्द्र बहादुर शाही , शुभकालिका गाउँपालिकाका सम्पूर्ण शाखाका कर्मचारी, कार्यवाहक वडा अध्यक्ष , नागरीक समाजका अगुवाहरुको सहभागीतामा कार्यक्रम गरिएको थियो ।

कार्यक्रमा बोल्दै गाउँपालिका अध्यक्ष आचार्यले भन्नु भयो समृद्ध शुभकालिका गाउँपालिका बनाउन सबै एक ढिक्का भएर लाग्न जरुरि रहेको बताए । याहाँका बालबालिका भोलिका कर्णधार हुन्न हामीले फल रोपेका छौं , बिरुवा अवश्य उम्रिन्छ र फल दिनन्छ । सहयात्रा तेस्रो परियोजनाले शुभकालिका गाउँपालिकामा धेरै राम्रारा काम हरु गरीरहेकाे छ धन्यवाद दिनु पर्छ आचार्यले भन्नु भयो । आगामी दिनमा सेभ द चिल्ड्रेनले बालबलिका लाई पहिलो प्रथमिकतामा राखेर बजेट ल्यको ,सेभ द चिल्ड्रेनका परियोजना संयोजक टिकाराम नेपालीले बताए ।




तिलाप्रेस । १२ माघ २०८१, शनिबार १७:४२