कमल कुमाल कालिकोट, जिल्लाको रास्कोट नगरपालिका–४ का १४ वर्षीय हिक्मत टमट्टा अहिले बोन म्यारो ट्रान्सप्लान्टको आवश्यकता पर्ने गम्भीर क्यान्सर रोगसँग संघर्ष गरिरहेका छन्। उनको उपचारका लागि करिब २५–३० लाख रुपैयाँ आवश्यक पर्ने भएपछि, आर्थिक रूपले कमजोर उनको परिवारले सहयोगका लागि अपिल गरेका छन्।
हिक्मत एक साधारण किसान परिवारका हुन्। उनको उपचारका लागि परिवारले उनलाई भारतको ऋषिकेशस्थित AIIMS अस्पतालसम्म पु¥याएका छन्। सन्तानको जीवन बचाउन उनको बुबाले ठूलो ऋण लिए पनि अब थप आर्थिक सहयोग जुटाउन नसकेपछि उनीहरू सहयोगी मनहरूसँग सहयोगको गुहार गरिरहेका छन्।
हिक्मतलाई बचाउन, बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने छ। यो उपचार महँगो मात्र नभई लामो समयसम्म चल्ने भएकाले परिवारले एक्लै यो खर्च धान्न सक्दैन। परिवारका अनुसार, सानो सहयोगले पनि हिक्मतको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। अहिले हिक्मतको जीवन बचाउन सहयोग गर्न चाहनेहरूले परिवारलाई सिधै सम्पर्क गर्न वा उपलब्ध सहयोगका लागी
बैंक खाताः ग्लोबल आइएमई बैंक लिमिटेड
खाता नं. १३७०७०१०००८८७२
खातावालः मीन कामी (टमट्टा)
ई–सेवा वा आईएमई पेः सम्बन्धित माध्यमबाट सहयोग गर्न सक्नुहुन्छ।
प्रत्यक्ष सम्पर्कः मीन कामी (टमट्टा) फोनः ९८४२८७६०३२

तिलाप्रेस । ११ माघ २०८१, शुक्रबार १८:१७