कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका १ मा रहेका महादेव आधारभूत विद्यालय बालमन्दिरमा शिक्षक अभिभावक संघको नयाँ नेतृत्व चयन भएसँगै पुनपनी अध्यक्षमा नभराज पाण्डे दोहोरीएका छन् ।
मान्ममा अवस्थित महादेव आधारभूत विद्यालय बालमन्दिरको शिक्षक अभिभावक प्रतिनिधिहरुको बिहिबार सम्पन्न भेलाले नभराज पाण्डेको अध्यक्षतामा ११ जना नयाँ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको हो ।
त्यस्तै सदस्यहरुमा जलु गोराल, टुल्का दर्जी, मैया मल्ल, डल्ली शाही,रबिन्द्र पाण्डे, र केशुदा शाही निर्वाचित भएका छन् । यसैगरि सदस्य सचिवमा मायादेवि हमाल, शिक्षक प्रतिनिधि तारा कुमारी शाही, पदेना सदस्यहरुमा खाँडाचक्र नगरपालिका वडा नम्बर १ का वडा सदस्य पञ्चकन्या उपाध्याय र विद्यालयका प्रधानाध्यापक नन्दा कुमारी शाही रहेका छन ।
तिलाप्रेस । ११ माघ २०८१, शुक्रबार १७:४५