कालीकोट जिल्लको शुभकालिका गाउँपालिकामा प्रारम्भिक साक्षरता तथा गणित सीप सम्बन्धि बालविकास केन्द्रका शिक्षक हरुलाई ५ दिने तालिम दिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग शुभकालिका गाउँपालिका कालीकोटको आयोजना र भिडिसेफ नेपाल कालीकोटको प्राविधिक सहयोगमा सोमबार बाट दिईएको तालिम शुक्ररबार सम्पन्न गरिएको हो ।
बाल विकास केन्द्रका शिक्षकहरू ती व्यक्ति हुन् जसले बालबालिकाको प्रारम्भिक शिक्षा तथा सिकाइको लागि विशेष प्रशिक्षण प्राप्त गर्नु पर्छ । उनीहरू बालबालिकाको शारीरिक, मानसिक, भावनात्मक, र सामाजिक विकास लाई ध्यानमा राखेर शिक्षा प्रदान गर्नु पर्ने हुन्छ । उनीहरू प्राय बालबालिकाको आवश्यकता लाई बुझ्ने गरी प्रशिक्षित हुनुपर्ने हुन्छ । अधिकांश शिक्षकहरूले बाल शिक्षा, बाल मनोविज्ञान वा समग्र शिक्षणमा डिग्री वा प्रमाणपत्र लिएको हुनु पर्छ । बालबालिकासँग काम गर्न उनीहरूलाई सहनशीलता, मायालु व्यवहार, राम्रो संवाद कौशलको आवश्यकता हुन्छ र दिनु पर्छ ।
उक्त कार्यक्रमा विशेष गरी गणित सीप सम्बन्धि विभिन्न कुराहरु तालिममा सिकाइएको थियो । शुभकालिका गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत नवराज आचार्यको सभाअध्यक्षता मा कार्यक्रम समापन्न भएको हो । आचार्यले आफूले सिकेका गणित सिपहरु शुभकालिका गाउँपालिकाका ३२ वटा बालविकास केन्द्रका विद्यालयमा निरन्तर गृहकार्य निर्माणगरि सिकाउन सम्पूर्ण शिक्षक हरुलाई अग्रह गर्नु समेत गर्नु भएको थियो । शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत नवराज आचार्यको सभाअध्यक्षता शुभकालिका गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मिम बहादु शाहीको प्रमुख आतिथ्यता र सेभ द चिल्ड्रेनका परियोजना संयोजक टिकाराम नेपालीको विशेष आतिथ्यता , शिक्षा युवा तथा खेलकुद शाखा प्रास ऐन बहादुर शाही , भिडिसेफ नेपाल कालीकोटका शिक्षा अधिकृत भिम बहादुर सार्की, स्थानीय जनप्रतिनिधि कर्मचारी लागाएतको सहभागितामा तालिमको समापन्न गरिएको भिडिसेफ नेपाल कालीकोटका शिक्षा अधिकृत हस्त रोकाले बताए । कार्यक्रमा बोल्दै वडा अध्यक्ष शाहीले भन्नु भयो ,गुणस्तरीय शिक्षाका लागि स्थानीय सरकार सधैँ लागिपरीरहेको र शिक्षामा ठुलोलगानि गरीरहेको बताए ।

आगामी दिनमा तालिमबाट सिकेका कुराहरूलाई विद्यालय स्तरमा गई निरन्तर गृहकार्यगरी बालबालिका लाई सिकाउनका लागि शाहीले अनुरोध समेत गर्नुभयो । सेभ द चिल्ड्रेनका परियोजना संयोजक टिकाराम नेपालीले डिसेफ नेपाल र सेभ द चिल्ड्रेनले शुभकालिका गाउँपालिका भरि बालबालिकाको क्षेत्रमा ठुलो लगानि गरेकाले सबैले आर्थिक ,भौतिक ,नौतिक रुपमा सहयोग गर्न जरुरी रहेको र ५ दिने तालिम बाट सिकेका कुराहरु विद्यालय स्तरमा प्रत्यक शिक्षक हरुले सिकाउन जरुरी रहेको नेपालीले भन्नु भयो । आगामी दिनमा शिक्षा शाखा , सेभ द चिल्ड्रेनले लगाएतका संस्थाहरुले निरन्तर प्रत्यक विद्यालय अनुगमन गर्ने र तालिममा सिकेका कुराहरु विद्यालय स्तरमा व्यावहारमा नगरेको भेटिएको खन्डमा कार्वाही गर्ने समेत बताउनु भयो ।
तिलाप्रेस । ११ माघ २०८१, शुक्रबार १७:३८