कालीकोट जिल्लाको शुभकालिका गाउँपलिकामा स्थानिय सरकार र नागरिक समाज संस्थाबीच सम्वाद कार्यक्रम सम्मपन्न भएको छ । सहयात्रा तेस्रो परियोजना अन्तरगत सेभ द चिल्ड्रेनको आर्थिक सहयोग भिडिसेफ नेपाल कालीकोटको सहजिकरण र शुभकालिका गाउँपालिकाको आयोजनामा संम्बाद कार्यक्रम गरीएको हो ।
‘भविष्यलाईसुनौ बालअधिकारका लागि उठौं भन्नेमुल नाराका साथ स्थानिय सरकार ,नागरिक समाज, कर्मचारी लगाएतको सहभागितामा कार्यक्रम गरीएको थियो । उक्त कार्यक्रममा नागरिक समाज, स्थानिय सरकारले गरेका काम बारेमा छलफल गरि आगामि दिनमा नागरिक समाजले गर्ने क्रियाकलाप र स्थानिय सरकाले खेल्नु पर्ने भूमिका बारे बिभित विषयमा निर्णय गरिएको हो ।
छलफलका क्रममा जोखीममा रहेका बालबालिका , अभिभावक लाई जनचेतना मुलक कार्यक्रम गर्ने , र जाड रक्सी, हिंसा दुव्र्यावहार, जन्मदर्ता खोप ब्यावस्थापन, विद्यालय नगाएका बालबालिका लाई निरन्तर विद्यालय पठाउने पहल गर्ने लगाएतका विषयमा वृहत छलफल संवाद भएको थियो । कार्यक्रमा नागरिक समाज र स्थानीय सरकारको भूमिका समाजको समग्र विकास, सुशासन, र जनताको हित सुनिश्चित गर्न अत्यन्त महत्त्वपूर्ण हुन्छ । यी दुई पक्षबीचको समन्वय र सहकार्यले दिगो विकास र सामाजिक न्यायमा योगदान पु¥याउँछ । उक्त कार्यक्रमा शुभकालिका गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मिम बहादुर शाहीको सभाअध्यक्षता सेभ द चिल्ड्रनका परियाजना संयोजक टिकाराम नेपालीको प्रमुख आतिथ्यता र महिला बालबालिका तथा जेष्ठ नागरीक प्रमुख अम्रीता अधिकारीको विशेष आतिथ्यता, नागरिक समजका अगुवा कर्मचारी लगाएतको सहभागितामा सम्बाद कार्यक्रम गरीए हो ।

कार्यक्रममा वडा अध्यक्ष शाहीले भन्नु भयो । विशेष गरीत नागरिक समाज स्थानिय सरकार संग जहिले पनि नजिक हुन आग्रह गर्नु भयो, नगरिक समाजले गाउँसमाजमा भएका विभिन्न क्रियाकलापमा वकालत गर्न समेत आग्रह गरेका थिय, आफूने नागरिक समाजले गर्ने क्रियालापमा निरन्तर साथ वडा सरकारले खेल्नु पर्ने भूमिका खेल्ने बताउनुभयो ।
तिलाप्रेस । १० माघ २०८१, बिहीबार १९:२०