कालीकोट जिल्लाको शुभकालिका गाउँपलिका वडा नं ४ सुकाटीया स्वास्थ्य चौकी राराकाटीयामा किशोर किशोरीमैत्री सुचना कक्ष उद्घाटन समारोह सम्मपन्न गरीएको छ । सहयात्रा तेस्रो परियोजना अन्तरगत किशोर किशोरीमैत्री स्वास्थ्य सेवा संञ्चालन तथा ब्यावस्थापन सम्बन्धि अभिमुखिकरण गरीएको थियो ।
शुभकालिका गाउँपालिका वडा नं ४ की वडा सदस्य बेला सुनारको प्रमुख आतिथ्यता, भिडिसेफ नेपाल कालीकोटका यौंन तथा प्रजनन स्वास्थ्य अधिकारी परियोजना संयोजक मुकेश अधिकारी सुकाटिया स्वास्थ्य चौकी राराकाटीका प्रमुख खगेन्द्र चौलागाँई लगाएतको सहभागीतामा कार्यक्रम गरीएको थियो ।

कार्यक्रमा हरीयाली किशोरी समुहकी संगीता सुनारले किशोरी समुहगठन गरीसकेपछि आफूमा धेरै परिर्वतन भएको बताईन् । किशोरी समूह भनेका १० देखि १९ वर्ष उमेर समूहका युवतीहरूको एउटा समूह हो, जुन सामान्यतया शिक्षा, स्वास्थ्य, अधिकार र समाजिक विकासका विषयमा क्रियाशील हुन्छ । यसमा किशोरीहरूले आफ्ना समस्या, आवश्यकताहरू र रुचिहरू व्यक्त गर्न र समाधानका लागि सामूहिक पहल गर्न अवसर पाउँछन्।
किशोरी समूहहरू विभिन्न उद्देश्यले गठन गरिएका हुन सक्छन्, जस्तै , शिक्षामा पहुँच सुनिश्चित गर्ने ,स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने , लैंगिक समानताको वकालत गर्ने आर्थिक सशक्तीकरणमा भूमिका खेल्ने ,नेतृत्व विकासको अवसर प्रदान गर्नेयी समूहहरू प्राय विद्यालय, स्थानीय संघसंस्था, वा गैरसरकारी संस्थाहरूको पहलमा सञ्चालन हुदै आएका छन् । किशोरी समूहले किशोरीहरूको सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको नेनेल देव किशोरी समुहकी जानकी चौलागाँईले बताउनु भयो ।
तिलाप्रेस । ९ माघ २०८१, बुधबार १७:३२