कालिकोटमा खुल्ला क्रिकेट प्रतियोगिता हुने

कालिकोट जिल्लामा यस वर्षको मुख्य खेलकुद उत्सवका रूपमा खुल्ला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। कालिकोट जिल्ला क्रिकेट संघ द्धारा आयोजीत खुल्ला क्रिकेट प्रतियोगीता यहीँ माघ १६ गते देखी १९ गते सम्म संचालन हुनेछ । खेलक्षेत्रमा लागेका खेलाडीहरुकाे मनाेवल उकाष्न सम्पुर्ण युवाहरु एकजुट भएर आयोजना गर्न लागेको युवा नेता बिनोद शाही ले बताउनु भयाे।

प्रतियोगिताको उद्देश्य स्थानीय खेल प्रतिभालाई प्रोत्साहन गर्नुका साथै खेलकुद क्षेत्रको विकासमा योगदान गर्नु हो उहाँले भन्न्नु भयो । प्रतियोगिता माघ १५ देखी १९ गतेदेखि सुरु हुनेछ र जिल्लाका विभिन्न टिमहरूले सहभागिता जनाउने छन्। आयोजक समितिका अनुसार, प्रतियोगितामा विजयी टिमलाई नगद पुरस्कार, ट्रफी, र प्रमाणपत्र प्रदान गरिनेछ।

तपाईको प्रतिक्रिया