नगर उपप्रमुख बरालद्वारा सडक अनुगमन ,विकास कार्यमा जोड

कमल कुमाल कालिकोट : देउरा–पाटन–क्षेत्तडी हुँदै बडिमालिका सम्म जोड्ने सडकको अनुगमन गरिएको छ । मंगलबार रास्कोट नगरपालिका नगर उपप्रमुख मनिराज बराल ,विभिन्न वडाका वडा अध्यक्ष, नगरपालिकाका कर्मचारी सहितको टोलिले अनुगमन गरेका छन् ।

स्थानीयवासीका गुनासा र विकासको प्रगतिलाई नजिकबाट बुझ्न अनुगमन गरिएको हो । सडक निर्माणको काम तिव्र गतिमा भैरहेको र यस्लाई ढिलासुस्ती नगरी समय सिमा भित्र सडक निमार्ण गरिसक्नुपर्ने नगर उपप्रमुख मनिराज बरालले निर्देशन दिनुभएको छ ।

गुणस्तरीयता कायम गर्दै समयमै काम सम्पन्न गर्नु हामी सबैको दायित्व हो,यो सडक देउरा–पाटन, क्षेत्तडी हुँदै वडिमालिका सम्मको पहुँच पु¥र्याउने लक्ष्यका साथ निर्माण भइरहेको र स्थानीय पूर्वाधार विकासको एक महत्वपूर्ण हिस्साको रुपमा रहेको हुँदा हामिले यस्लाई रणनीती सडकको रुपमा लिएका छौं,यस्को गुणस्तरीयता खस्कन दिनुहुँदैन उपप्रमुख बरालले भन्नुभयो ।
अनुगमन गर्दे जाँदा स्थानीय कल रोकायाले आफ्नै आगँनमा गाडी पुग्दा आफु उत्साहित भएको र आफुले उत्पादन गरेको स्याँउ निर्यात गर्न सहज र सजिलो हुँने रोकायाले बताउनु भएको छ । साथै रोकायाले  अनुगमन टोलिलाई स्याँउका माला सहित सम्मान गर्नु भएको हो ।

तपाईको प्रतिक्रिया