कालिकोट : एशियन लाइफ इन्स्योरेन्स कम्पनी क.लि. शाखा कार्यालय कालिकोटले मृत्यु दावीको ८ लाख ४ हजार रुपैयाँ भुक्तानी गरेको छ । पलाँता गाउँपालिका ३ राडु भन्ने ठाउँमा गाडी दुर्घटना भई ज्यान गुमाएका सल्यानको सारदा नगरपालिका–१४ का धनीराम रावतको श्रीमतीलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
मृतक रावत विगत ७ वर्षदेखि सवारी चालक समेत हुन् । उनी लामो समयपछि कालिकोट जिल्लाका ग्रामिण सडकमा सवारी चालक पेसामा रहेका थिए । शाखा कार्यालय कालिकोटले आयोजना गरेको एक कार्यक्रममा बीच मृत्यु दाबी रकम हस्तान्तरण गरिएको हो ।
उक्त मृत्यु दाबी रकमको चेक एशियन लाइफ इन्स्योरेन्स कम्पनी कालिकोट शाखाका शाखा प्रबन्धक जन्मदेव बराल, ओदा फाउन्डेसनका अध्यक्ष तथा सिनियर वि.एम. मिम बहादुर कार्की, एशियन लाईफ इन्स्योरेन्स क.लि. शाखा कार्यालयका अभिकर्ता ठम्म प्रसाद आचार्य, लक्ष्मण अधिकारी, डम्बर शाहि,पुष्पराज भट्टराई लगाएतको उपस्थितीमा हस्तान्तरण गरिएको हो ।
मृतक रावतको श्रीमती लालकौरा बुढालाई मृत्यु दाबी बापतको चेक प्रदान गरिएको एशियन लाइफ इन्स्योरेन्स कम्पनी कालिकोट शाखाका अप्रेशन इन्चार्ज लिलराज संज्यालले जानकारी दिए । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लि.मा शाखा कार्यालय भए देखि यता ६९ वडा दावि भुक्तानी भएको इन्चार्ज संज्यालले बताए ।

पलाँता गाउँपालिका ३ धौलागोहबाट पलाँता गाउँपालिकाको वडा नम्बर ९ थिर्पु आउने क्रममा सोही गाउँपालिकाको राडु भन्ने ठाउँमा गाडी दुर्घटना परि उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेत लैजादै गर्दा रावतकाे निधन भएको होे । मृतक रावतको श्रीमती, २ छोरा छन् ।
तिलाप्रेस । ८ माघ २०८१, मंगलवार ०९:२६