कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा नं.२ को भर्तामा खाद्यान्न डिपो स्थापन तथा संचालन भए सँगै त्यहाँका नागरिकहरुका लागी सरल र सहज भएको छ । त्यहाँका नागरिकहरु विगत देखीनै खाद्यान्न सामाग्री किन्नकै लागी सदरमुकाम मान्म धाउनु पर्ने बाध्यता थियो भने अव अन्त्य भएको नागरिक हरुको भनाई रहेको छ ।
खाद्यान्न लगाएतका समाग्री किन्नकै लागी एक हजार रुपैया खर्च गरेर १६ सय २५ को चामल ल्याउनकै लागी सदरमुकामन पुग्नु पर्ने थियो भने अव १६ सय २५ मा खाद्यान्न डिपोमै पाउँने भएका छन् । केही दिन पहिला पालिका बैठकमा खाद्यान्न डिपो स्थापना गर्ने भनेर निर्णय गरेका थियोैं सो निर्णय अनुसार हामीले खाद्यान्न डिपो स्थापना गर्न सफल भएको स्थानीय सन्तोष विश्वकर्माले जानकारी दिनुभयो ।

तिलाप्रेस । ८ माघ २०८१, मंगलवार ०६:५७