बालविकास केन्द्रका शिक्षकहरुलाई ५ दिने तालिम दिनसुरु 

कालीकोट जिल्लको शुभकालिका गाउँपालिकामा प्रारम्भिक साक्षरता तथा गणित सीप सम्बन्धि बालविकास केन्द्रका शिक्षकहरुलाई ५ दिने तालिम दिनसुरु गरीएको छ । सेभ द चिल्ड्रेनकाे आर्थिक सहयोग शुभकालिका गाउँपालिका कालीकोटको आयोजक र भिडिसेफ नेपाल कालीकोटको प्राविधिक सहयोगमा सोमबार बाट तालिम दिन सुरु गरीएको हो ।

बाल विकास केन्द्रका शिक्षकहरू ती व्यक्ति हुन् जसले बालबालिकाको प्रारम्भिक शिक्षा तथा सिकाइको लागि विशेष प्रशिक्षण प्राप्त गर्नु पर्छ । उनीहरू बालबालिकाको शारीरिक, मानसिक, भावनात्मक, र सामाजिक विकासलाई ध्यानमा राखेर शिक्षा प्रदान गर्नु पर्ने हुन्छ । उनीहरू प्राय बालबालिकाको आवश्यकतालाई बुझ्ने गरी प्रशिक्षित हुनुपर्ने हुन्छ । अधिकांश शिक्षकहरूले बाल शिक्षा, बाल मनोविज्ञान वा समग्र शिक्षणमा डिग्री वा प्रमाणपत्र लिएको हुनु पर्छ । बालबालिकासँग काम गर्न उनीहरूलाई सहनशीलता, मायालु व्यवहार, र राम्रो संवाद कौशलको आवश्यकता हुन्छ र दिनु पर्छ । कार्यक्रमा बिशेष गरीत गणित सीप सम्बन्धि प्रशिक्षण गराईने शुभकालिका गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रास ऐन बहादुर शाही बताए ।

आफूले अक्त तालिममा ५ दिन प्रशिक्षण गराउने र सिकेका कुरा लाई शुभकालिका गाउँपालिकाका बालविकास केन्द्रका विद्यालयमा शिकाउनेमा बिश्वस्थ रहेको बताए । शिक्षा युवा तथा खेलकुद शाखा प्रास ऐन बहादुर शाहीकाे सभाअध्यक्षता , शुभकालिका गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मिम बहादु शाहीको प्रमुख आतिथ्यता र सेभ द चिल्ड्रेनका परियोजना संयोजक टिकाराम नेपालीकाे विशेष आतित्यता  स्थानीय जनप्रतिनिधि कर्मचारी लागाएतको सहभागितामा तालिमको उद्धघाटन गरीएको छ । कार्यक्रमा बोल्दै वडा अध्यक्ष शाहीले भन्नु भयो ,गुणस्तरीय शिक्षाका लागि स्थानीय सरकार सधैँ लागिपरेको र आगामी दिनमा तालिमबाट सिकेका कुराहरूलाई विद्यालय स्तरमा बालबालिका लाई सिकाउनकालागि शाहीले अनुरोध समेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया