कालिकोट कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले आइतवार एक औपचारिक कार्यक्रमका बीच बहु प्राविधिक शिक्षालय भवन उद्घाटन गरेका छन्। संघीय र प्रदेश सरकारको बजेटमार्फत निर्माण गरिएका प्रशासनिक भवन, बहु प्राविधिक शिक्षालय भवन, र आवासीय भवनको उद्घाटन गरिएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर शाहीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि शाहीसँगै जिल्ला समन्वय समिति कालिकोटका प्रमुख धनजित शाहीको विशेष आतिथ्यता र विभिन्न सरोकारवालाहरूको उपस्थिति थियो

कार्यक्रममा बोल्दै प्रमुख अतिथि महेन्द्रबहादुर शाहीले विद्यालय भवन अभावका कारण विद्यार्थीहरू खुला आकासमुनि पढ्न बाध्य हुन नपरोस् भन्ने उद्देश्यले बजेटको व्यवस्था गरेको बताए। उनले आफ्नो मुख्यमन्त्री कार्यकालमा कालिकोटका विद्यालय, सडक, र अन्य विकासका क्षेत्रमा प्राथमिकता दिइएको उल्लेख गरे। तर उनले बजेट कार्यान्वयनमा आएको समस्या र वर्तमान सरकार विकासभन्दा अध्यादेशतर्फ बढी केन्द्रित रहेको भन्दै असन्तोष व्यक्त गरे।

साथै सहित तथा बेपत्ता परिवारका आफन्त लाई राहत स्वरूप न्यानाे कम्मल वितरण गरिएको छ। मुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले जाडो मौसममा सहजताका लागि सहित तथा बेपत्ता परिवारहरूलाई राहत सामग्री हस्तान्तरण गर्नु भएकाे हाे ।
तिलाप्रेस । ६ माघ २०८१, आईतवार १९:४०