वडा अध्यक्ष शाहीको अनुगमन, गोरेटो बाटो पिसिसी हुँदै

कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा नम्बर ५ मा मुख्य मन्त्री रोजगार कार्यक्रम अन्तर्गत घरखेतदेखि नौलुसम्म पिसिसी बाटोको काम अन्तिम चरणमा पुगेको छ। आइतबार एक कार्यक्रमका बीच शुभकालिका गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मिम बहादुर शाही लगाएतको टोलीले पिसिसि बाटोको अनुगमन गरेको छ। उक्त बाटोको काम अन्तिम चरणमा रहेको बताउनु भयो । पहिला गोरेटो बाटो रहेको र अहिले उक्त बाटोलाई पिसिसि गरिएको छ।

शाहीले भन्नुभयो पहिला आवतजावत गर्न कठिन हुने गोरेटो बाटो अहिले पिसिसि गरेपछि सहज हुने बताए । उक्त बाटोको अनुगमन गर्दै शाहीले भन्नुभयो आफू निरन्तर जनतासँग रहेको र विकासका कुनै पनि काममा कहिलेपनि पछि नहट्ने बताउनुभयो। पिसिसी बाटोको काम अब ७० प्रतिसत भइसकेको र बाँकी काम अबको केही दिनमा सकिने बताउनुभयो।

यस्तै सुख्खा पहिरो गई अवरुद्ध भएको भर्तागाड सडक शनिबारबाट निकै ठूलो संघर्ष पछि खुलेको शाहीले बताए।

उक्त सडकको पहिरो शुभकालिका गाउँपालिका वडा नं ४ र ५ को संयुक्त पहलमा पन्छाइएको छ।

सडकमा शुभकालिका गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष प्रदिप प्रसाद चौलागाई र वडा नम्बर ५ का अध्यक्ष मिम बहादुर शाही लगायतका स्थानीय जनप्रतिनिधि ,स्थानीय नागरिकहरूको पहलमा उक्त सडक सुचारु गरिएको छ ।

तपाईको प्रतिक्रिया