कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा नम्बर ५ मा एक कार्यक्रमका बिच विद्यालय व्यवस्थापन समितिअध्यक्ष ,प्रअ प्रशिक्षक सरोकारवाला हरुसँग गृह विद्यालय सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ। सेभ द चिल्ड्रेन र भिडिसेफ नेपालको साझेदारीमा सञ्चालित सहयात्रा तेस्रो परियोजना अन्तर्गत शुभकालिका गाउँपालिका वडा नम्बर ५ मा रहेका चारवटा विद्यालयका सेवा क्षेत्रका र बालबालिकाको घरमा समयतालिका निर्माण गरि पढाइलाई कसरी निरन्तरता गर्ने भन्ने बारेमा छलफल गरिएको छ। उक्त कार्यक्रममा शुभकालिका गाउँपालिका वडा नम्बर ५ को आयोजना सेभ द चिल्ड्रेनकाे अर्थिक सहयोग र भिडिसेफ नेपाल कालिकोटकाे सहजीकरणमा शुक्रबार अभिमुखीकरण कार्यक्रम गरिएको हो।
उक्त कार्यक्रममा शुभकालिका गाउँपालिका वडा नं ५ मा रहेका चारवटा विद्यालयले कसरी समयतालिका निर्माण गरी पढाइलाई निरन्तरता गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिएको थियो । विद्यालयमा अभिभावक ,शिक्षकहरूको भूमिकाबारे छलफल गरिएको थियो । आगामी दिनमा पढाइलाई निरन्तर गर्न समयतालिका निर्माणका लागि मार्कर,डाेराेईन पेपर लगायतका सामग्री हस्तान्तरण समेत गरिएको छ।
शुभकालिका गाउँपालिका वडा नम्बर ५ कि कार्यवाहक अध्यक्ष राजु बि.क काे सभा अध्यक्षता , वडा सदस्य जनक बहादुर शाही ,नम राेकाया विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक हरूको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रमको प्रशिक्षण भिडिसेफ नेपाल कालिकोटका शिक्षा अधिकृत हस्त राेकाले गर्नु भएकाे थियाे ।





तिलाप्रेस । ४ माघ २०८१, शुक्रबार १७:२५