विद्यालय स्वमुल्यांकन तथा बालमैत्रि विद्यालय सम्वन्धि विव्यस र प्रधानाध्यापकहरुका लागि ३ दिने क्षमता विकास तालिम सम्पन्न

कालिकोट विद्यालय स्वमुल्यांकन तथा बालमैत्रि विद्यालय सम्वन्धि विव्यस र प्रधानाध्यापकहरुका लागि ३ दिने क्षमता विकास तालिम आज सम्पन्न भएको छ । सान्नी त्रिवेणी गाउँपालिका शिक्षा यूवा तथा खेलकुद शाखाको आयोजना र समाज जागरण केन्द्र स्याक नेपालको सहयोगमा ३ दिने क्षमता अभिबृद्धि तालिम आज सम्पन्न भएको हो । तिने दिने क्षमता अभिबृद्धि तालिममा विद्यालय स्वमुल्यांकनका सुचकहरु विद्यालय व्यवस्थापन समितिका काम कर्तव्य अधिकार, विद्यालय स्व मुलयांकनमा समुदायको भुमिका सिकाई वातावरणमा अभिभावकहरुको भुमिकाका विषयमा जानकारी गराइएको छ ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

सामुदायिक विद्यालयमा सिकाइ बृद्धि गर्नका लागि र शिक्षकहरु तथा विद्यालय व्यवस्थापन समितिको क्षमता अभिबृद्धि गर्नका लागि यो तालिमको आयोजना गरिएको शिक्षा अधिकृत मिना भण्डारीले बताउनु भयो । कम तथा विना वजेटमा गर्न सकिने विद्यालय सुधार योजना तथा क्रियाकलापहरु, शैक्षिक सामाग्रीको प्रभावकारी प्रयोग, विद्यालयको वार्षिक कार्ययोजना, बालमैत्रि सिकाई लायतका विषयमामा जानकारी गराउनका लागि यो ३ दिने क्षमता विकास तालिमको आयोजना गरिएको हो ।

विद्यालय बनाउने मुख्य जिम्मेवारी विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको हुने भएकोले उनिहरुको क्षमता विकास गर्नका लागि र विभिन्न योजनाहरु निर्माण गर्नका लागि तालिमको आयोजना गरिएको हो । बालमैत्रि विद्यालय निर्माण गर्नका लागि शिक्षक विव्यस अध्यक्ष र शिक्षक अभिभावक संघको भुमिका र उनिहरुले गर्नु पर्ने कामका विषयमा जानकारी गराईएको उहाँले बताउनु भयो । ३ दिने क्षमता अभिबृद्धि तालिमको प्रशिक्षक शिक्षक हिरामणी सिम्खाडा र शिक्षा शाखा प्रमुख मोहनविर धामी रहनु भएको छ भने कार्यक्रमको संचालन वालविकास अधिकृत मदन तिरुवाले गर्नुभएको थियो । सामुदायिक विद्यालयमा सरकारले लगानि नगरेको भन्दै वडा नं. २ का कार्यवहाक अध्यक्ष धन तिरुवाले गुनासो गर्नुभयो ।

पैशा तिरेर पनि कतिपयले तालिम सिक्न नपाएको हुँदा पालिकाले निशुल्क रुपमा तालिम दिईरहेको र तालिममा सिकेको ज्ञानलाई व्यवहार र विद्यलायमा कार्यान्वयन गर्नु पर्ने मनोज देवकोटाले बताउनु भयो । उहाँले सामुदायिक विद्यालयमा सिकाई बृद्धि गर्नका लागि र गुणस्तरीय शिक्षा लागु गर्नका लागि सबैले चासो दिनु पर्नेबताउनु भयो ।

विभिन्न तालिम तथा गोष्ठिहरुलाई एउटा सिकाईको रुपमा लिएर यसलाई विद्यालय स्तरमा लागु गर्न शिक्षा शाखा शाखाका प्रतिनिधि हरी धामीले सुझाव दिनुभयो । उहाँले जति ज्ञान तालिममा सिकिन्छ त्यसलाई कार्यान्वयन गर्न सकेमा सामुदायिक विद्यालयको पढाई निजि विद्यालय भन्दा राम्रो हुने विद्यालयका हरेक गतिििवधिमा सुधार आई बालमैत्रि विद्यालय बनाउन सकिने बताउनु भयो ।

तपाईको प्रतिक्रिया