कालिकोट जिल्लाको रास्कोट नगरपालिका नगर प्रमुख धर्मराज शाही पोषण,सहितको टोलिले शनिबार देउरा–पाटन–क्षेत्तडी सडक निर्माणको अनुगमन गरेका छन्।
स्थानीयवासीका गुनासा र विकासको प्रगतिलाई नजिकबाट बुझ्न अनुगमन गरिएको हो । सडक निर्माणको काम तिव्र गतिमा भैरहेको र यस्लाई ढिलासुस्ती नगरी समय सिमा भित्र सडक निमार्ण गरिसक्नुपर्ने नगर प्रमुख शाहीले निर्देशन समेत दिनुभयो ।
सडक निर्माणले स्थानीयको जनजीवनलाई सहज बनाउनेछ । गुणस्तरीयता कायम गर्दै समयमै सम्पन्न गर्नु हामी सबैको दायित्व हो,”प्रमुख शाहीले भन्नुभयो । यो सडक देउरा–पाटन, क्षेत्तडी हुँदै वडिमालिकासम्मको पहुँच पु¥र्याउने लक्ष्यका साथ निर्माण भइरहेको र स्थानीय पूर्वाधार विकासको महत्वपूर्ण हिस्साको रुपमा रहेको समेत मानिन्छ ।

प्रविधिक टोलीका अनुसार अहिले सडक टाक्से, भिडछहडा, गडुलकोट, गुनिमारे हुँदै एकात्तेसम्म पुगेको छ। चाँडै सिप्टि हुँदै देउरा उदाउनीसम्म सडक विस्तार हुने बताएको छ ।
तिलाप्रेस । २८ पुष २०८१, आईतवार १८:२३