रास्कोट नगरपालिकाको १५ औं हिउँदे अधिवेशन सम्पन्न 

कालिकोट हामी बनाउँछौ हाम्रो नगर भन्ने मुल नाराका साथ रास्कोट नगरपालिकाले १५औं हिउँदे अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

नगरपालिकाको सभाहलमा आयोजित उक्त अधिवेशनमा रास्कोट नगरपालिका नगरप्रमुख धर्मराज शाही पोषण,उपप्रमुख मनिराज बराल,प्रमुख प्रशासकिय अधिकृत जवानसिंह बम कार्यपालिका सदस्य, वडाध्यक्ष, नगरस्तरीय कर्मचारी लगाएत नागरिकहरुको उपस्थितिमा १५औं हिउँदे अधिवेशन सफलतापूर्वक सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख शाहीले स्थानीय समस्या समाधानका लागि सहकार्य र समन्वयलाई अझ प्रभावकारी ढंगले अगाडी बढाउने र रास्कोटलाई सुशासनको प्रत्याभूती दिलाउने लक्ष्य रहेको प्रमुख शाहीको भनाई रहेको छ ।

अधिवेशनमा सहभागीले पालिकाको सेवा प्रवाह सुधार, नागरिक सहभागिता वृद्धि, र पारदर्शिता कायम गर्न विशेष प्राथमिकता लाई आत्मासाथ गरेर अगाडी बढ्ने नगर उपप्रमुख बरालको बताउनु भयो ।

तपाईको प्रतिक्रिया