महावैबाट सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

कालिकोट – सुत्केरी हुन नसकेपछि  महावै आधारभुत अस्पतालबाट एक महिलाकाे हेलिकप्टरबाट उद्वार गरिएको छ । महावै गाउँपालिकाका ४ नं. वडाकी २३ वर्षीय लालशाेभा सिंह थापाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेतको प्रदेश अस्पतालमा पुर्‍याइएको छ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

महावै आधारभूत अस्पतालमा सुत्केरी हुन नसकेपछि थापाको अवस्था जटिल बन्दै गएको थियो। त्यसपछि राष्ट्रपति सुत्केरी महिला उद्धार कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाको पहलमा उनलाई हेलिकप्टरबाट उद्धार गरिएको हो।

थापाको अहिले सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ। यस उद्धारले दुर्गम क्षेत्रमा गर्भवती तथा सुत्केरी महिलाको लागि स्वास्थ्य सेवाको पहुँच र सहयोगप्रति आशा जागेको छ।

तपाईको प्रतिक्रिया