कालीकोट पछिल्लो समयमा कालीकोटका ग्रामिण क्षेत्रमा सामाजिक कार्यमा युवाहरुको ध्यान केन्द्रित हुन थालेका छ । विभिन्न क्षेत्र तथा विद्यालयमा सामाजिक कार्यमा लाग्न थालेका छन । त्यसै सिलसिलामा पलांता गाउँ पालिकाको छलाँहमा रहेको कालीका माध्यमिक विद्यालयलाई तिन जनाले जग्गादान दिएका छन ।
पलांता गाउँ पालिका वडा न.४ निवासि समाजसेवि जयमल बुढा लगायतका स्थानियले जग्गा दान दिएका छन । बुधबार भएको एक कार्यक्रममा स्थानियले जग्गादान संगै विद्यालयको नाममा आमा नामक अक्षयकोष स्थापना गर्नका लागि एक लाख ८३ हजार नगद समेत जम्मा गरेका छन ।
पलांता गाउँ पालिका वडा न.४का वडा अध्यक्ष तिलक बुढाको उपस्थितिमा भएको कार्यक्रममा तिन जनाले जग्गादान दिएका छन भने सबैको आमाहरुको सम्झनामा पलांता गाउँ पालिका रोजगार संयोजक जयमल बुढा सहित १७ जनाले उक्त कोषको स्थापना गरेका हुन । कालिका माध्यमिक विद्यालयका लागि जग्गादान दिनेमा जयमल बुढाले एक कित्ता,गहत सिंहले एक कित्ता र अधिराज बुढाले एक कित्ता जग्गादान गरेको वडा अध्यक्ष तिलक बुढाले जानकारी दिएका छन ।

त्यसै गरी आमा नामक अक्षय कोषका लागि जयमल बुढाले २० हजार,तिलक बुढाले २० हजार,मान बहादुर बुढाले रु २० हजार, अधिराज बुढाले रु २० हजार,नरेश बुढाले रु २० हजार र मोहन सिंहले रु १० हजार जम्मा गरेका छन । त्यसै गरी अन्य स्थानियहरु सर्पराज महरी, सुरेन्द्र सिंह र रत्नकेश बुढाले रु १० हजारका दरले ३० हजार र विरेन्द्र विकले ६ हजार, परेक अधिकारी,धनबहादुर विक,धवल टमट्टा, रतन बुढा,जनसरा सिंहले पांच हजार दरले २५ हजार सहित तेजना अधिकारी र अनन्त अधिकारीले दुइ हजार पांच सयका दरले पांच हजार र छेड विटालुले रु दुई हजार गरी एक लाख ८३ हजार रकम कोषमा जम्मा गरेको बताइएको छ ।
उक्त कोषको रकमबाट विद्यालयका विभिन्न असहाय तथा विपन्न वालवालिकाहरुलाई राहतका कार्यक्रममा प्रदान गरिने बताइएको छ । त्यसै गरी उक्त कोषको रकमबाट विद्यालयमा गरिने शैक्षिक कार्यक्रममा उत्कृष्ट विद्यार्थिलाई पुरुस्कार र राहत समेत सहयोग गरिने बताइएको छ । कर्णाली संचार बाट साभार
तिलाप्रेस । २४ पुष २०८१, बुधबार २१:००