कालिकोट जिल्लाको शान्नित्रिवेणी गाउँपालिका वडा नं १ मा रहेको शंकर मावि विद्यालयमा अध्ययनरत तीनजना साहारा बिहिन बालबालिकालाई तीन जोर ड्रेस निःशुल्क वितरण गरिएको छ ।
साहारा विहिन बालबालिकाको आवश्यकतालाई ध्यानमा राख्दै बिगत लामो समय देखि नेपालगंजमा रास्कोट मल्टिपर्पाेज गार्मेन्ट उद्योग संन्चालन गर्दै आउनु भएका रास्कोट ८ का समाजसेवी भक्ति प्रसाद न्यौपानेले साहारा बिहिन बालबालिकालाइ निशुल्क ड्रेस सहयोग गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरूको पठनपाठनमा सहजता ल्याउने उद्देश्यले सहयोग गरेकोे न्यौपानेको भनाई रहेको छ । उक्त वितरण कार्यक्रममा अभिभावक, शिक्षक र विद्यार्थीहरूको उपस्थितिमा ड्रेस वितरण गरिएको हो ।
तिलाप्रेस । २४ पुष २०८१, बुधबार १८:०८