कमल कुमाल कालिकोट जिल्लाकाे महाबै गाउँ पालिकामा रहेकाे आधारभूत अस्पताललाई सहज र द्रुत स्वास्थ्य सेवा प्रदान गर्न कान्थारी फाउन्डेसन र ओदा फाउन्डेसनले साझेदारी गर्दै एम्बुलेन्स हस्तान्तरण गरेका छन्।
स्थानीयस्तरमा स्वास्थ्य सेवामा सुधार गर्ने उद्देश्यले गरिएको यो प्रयासले दुर्गम क्षेत्रका बिरामीलाई आपतकालीन स्वास्थ्य सेवा लिन सजिलो हुने विश्वास गरिएको छ।
विशेष एक समारोहका बिच गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरिएको हो। अध्यक्ष सिंहले नयाँ एम्बुलेन्सले सेवामा सुधार ल्याउनेमा आफूहरू आशावादी रहेको बताए।
कान्थारी फाउन्डेसन र ओदा फाउन्डेसनका प्रतिनिधिहरूले स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न र स्थानीय बासिन्दाहरूलाई सहज र गुणस्तरीय सेवा दिन सहयोग गरिएकाे जनाए।

यो पहलले दुर्गम क्षेत्रका लागि स्वास्थ्य सेवामा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।
गि स्वास्थ्य सेवामा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।
तिलाप्रेस । २४ पुष २०८१, बुधबार ०७:०३