“दिबेश शाहीकाे” मुटु चिरिन्छ” गीत सार्वजनिक

“छत्र राेका मगर ” 

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

कालीकाेट ” मुटु चिरिन्छ ” गीत आइतबार सार्वजनिक गरिएको छ। उक्त गीत जय संगीत म्युजिक युट्युब च्यानलबाट सार्वजनिक भएको हाे । गीतका शब्दहरू निकै मार्मिक छन् । मायामा आधारित शब्दहरू दिबेश शाहीले आफैरचना गरेकाे बताएका छन् । कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा नम्बर ३ मा जन्मिनुभएका शाहीले आफ्नो तेस्रो प्रस्तुति बजारमा आएको बताउनुभयो।

जुम्ला , कालीकाेटका चर्चित ठाउँहरूमा गीतमाे म्युजिक भिडियो छायाङ्कन गरिएको शाहीले बताए । उक्त गीतको कथामा प्रेमिकाको विवाह अर्कै केटासँग गरिएको र प्रेमिकाले मन पराएको केटा मायामा भौतारिएको देखिन्छ। एकातिर प्रेमिकाको घरका आमाबुवाले प्रेमिकाले मन पराएको केटासँग भेटघाट गरेको थाहा पाएपछि प्रेमिकाको आमाबुबाले अर्कै केटासँग बिहे गर्दिन्छन् । कथामा प्रेमिकाले मन पराएको केटाले निकै कुटाई खाएको देखाइएको छ। कथा रोचक भएको र कथाले केही खास  सन्देश दिन खोजेको निर्देशक ललित विश्वकर्मा बताउँछन्। आफूले थुप्रै भिडियोमा अभिनय निर्देशन गरिसकेको विश्वकर्मा बताउँछन्। उक्त गीतमा जुम्लाका चर्चित हास्य कलाकार बिर्ख महत , लक्ष्मी खत्री,र कालीकाेटका ललित बिश्वकर्मा, दिबेश शाही, सरगम शाही, छत्र रोका मगर, राकेश शाही लगायतले अभिनय गरेका छन्। खगेन्द्र न्यौपानेको संगीत ,दिबेश शाहीको शब्द ,टेक बोगटी र पुर्णकला बिसीकाे स्वर, र एरेन्ज बिनाेद बाजुरेलीकाे रहेको छ ।

उक्त गितमा छायांकन अमित बि क ,सम्पादन अमन बिक / राजेश अनुरागीले गरेका छन् । भिडियोकाे कलर : अमित बि कले गर्नु भएकाे छ भने दृष्य निर्माण श्रीराम फिल्मस् काठमाडौंले गरेकाे छ । उक्त गितकाे अडियो स्टुडियो मालश्रीमा रेकर्ड गरिएको थियो । आफ्नो गीतलाई सबैले माया गर्ने शाही बताउनुहुन्छ । योभन्दा पहिले आफूले” ढल्की जोबन” दुधे छोरी” लगायतका म्युजिक भिडियोमा अभिनय गरेको शाही बताउँछन्। गीतसंगीत क्षेत्रमा आफू निरन्तर लागिपरेको धेरैले आफूलाई गीत निर्माणका क्रममा सहयोग गरेको बताउनु भयाे । उक्त  सहयोगी मनहरूलाई शाहीले धन्यवाद समेत व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया