सि लिड्स आइकन अर्वाड पचालझरना गाउँपालिका उपाध्यक्ष बम लाई

कालीकोट । महिला जनप्रतिनिधहरुकाे उत्सवका रुपमा लिइएको सि लिड्स आइकन अर्वाडमा पचालझरना गाउँ पालिका उपाध्यक्ष अल्किना बम (वविता) समग्र अबार्ड समुहको दाेस्राे र देशभरबाट चाैथाे स्थान प्राप्त गर्दै सम्मानित भएकी  छन्  ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

शुक्रवार काठमाडौंमा भएको अन्तिम छनोटमा सि लिड्स आईकनको आयोजनामा भएको अन्तिम नतिजा सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपि शर्मा ओलीको हातबाट सम्मान पत्र प्राप्त गरेकी हुन ।

देशभरका ७ सय ५३ वटा स्थानीय तहबाट पहिलो चरणमा २७ जना छनोट र पुन विद्युतिय माध्यम बाट एसएमएस मार्फत  तेस्रो चरणको नतिजा पछि अर्वाड समुहबाट दोस्रो र देशभर बाट चौथो स्थान प्राप्त भएको बताइएको छ । कर्नाली जस्तो पछि परेको जिल्ला कालीकोट र त्यस भित्रको पचालझरना गाउँ पालिकाबाट निर्वाचित उपाध्यक्ष अल्किना बम सेजुवालले प्राप्त गरेको उक्त कार्य कालिकोट जिल्लाको लागि महत्वपूर्ण भएको बताइएको छ । 

उक्त सम्मान  कार्यक्रममा पचालझरना गाउँकालाई समेत सम्मान पत्र प्रदान गरिएको थियो ।यस कार्यका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिदै पचालझरना उपाध्यक्ष अल्किना वमले आगामी दिनमा समेत सहयोगको आशा अपेक्षा गरेको बताएकी छन ।

जनयुद्धका क्रममा लामो समय जेल जीवन विताएकी अल्किना बम २०७९ सालको स्थानिय तहको निर्वाचनमा उपाध्यक्षमा उत्कृष्ट मत ल्याएर विजयी भएकी हुन ।

तपाईको प्रतिक्रिया