पलाँतामा ५० लाख रुपैयाँको पार्क र धर्मशाला निर्माण सुरु

धनकर्ण बिश्वकर्मा कालिकोट : पलाँता गाउँपालिका-१ मा कर्णाली प्रदेश सरकारको ५० लाख रुपैयाँ सहयोगमा पार्क र धर्मशाला निर्माण सुरु गरिएको छ। आइतबार गाउँपालिका अध्यक्ष विष्णु बहादुर रोकायाले उद्घाटन गर्नुभएको हो।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

पलाँता गाउँपालिकाको समन्वयमा सार्वजनिक जग्गाको उपयोग गर्दै पार्क र धर्मशाला निर्माण सुरु गरिएको हो।

गाउँपालिका अध्यक्ष रोकायाले सार्वजनिक जग्गाको संरक्षणका लागि एकदमै महत्वपूर्ण भएको बताउनुभयो । पार्क निर्माणपछि वृद्धवृद्धा र बालबालिका लाभान्वित हुने वडा अध्यक्ष मनरुप न्यौपानेले बताउनुभयो। उद्घाटन कार्यक्रममा राजनीतिक दलका प्रमुख, वडा अध्यक्ष, स्थानीयबासी, र अन्य प्रतिनिधिहरूको उपस्थिति थियो

निर्माणका लागि सहयोग गर्ने कर्णाली प्रदेश सरकार र उपसभामुख यसुदा न्यौपानेलाई वडा सरकारले धन्यवाद दिएको छ

तपाईको प्रतिक्रिया